
आसार ६ गते (विजयनगर)
कपिलवस्तु विजयनगर गाँउपालिकाको आयोजनामा मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार बितरण तथा सम्मान कार्यक्रम हरिबोध आधारभुत विधालयको प्राणङ्गणमा सम्पन्न गरिएको छ । कार्यक्रम को अवसरमा जेष्ठ नागरिकहरुलाई झुल, टर्च, पौष्टिक आहार वितरण गरि सम्मान गरिएको थियोे । कार्यक्रमलाई उद्घघाटन गर्दै अध्यक्ष गोपाल बहादुर थापाले हरेक जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्न महिना मा २ पटक घरमै डाक्टर पठाउन ब्यवस्था गर्न लाग्ने छु भनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उक्त सेवा बाट प्रत्यक्ष लाभ लिन वुवा आमा लाई ढुक्क रहन समेत थापाले आग्रह गर्नु भयो। यस्तो कार्यक्रमलाई निरंतरता दिदै जेष्ठ नागरिक को संजाल बाट आएका योजना लाई प्राथमिकता अनुसार समबेश गराउनेछु भनी खातुनले जानकरी गर्नु भयो।
विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्ष्यता , व गाँउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुको विशिष्त अतिथित्यतामा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय शाखा अधिकृत देवीराम भण्डारी,मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमको सहजकर्ता रुकैया खातुन, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत विजयनगर गाँउपालिका कार्यक्रम सिफारिस समिति संयोजक थर्क बहादुर खन्गाहा , विजयनगर गाँउपालिका कार्यक्रम सिफारिस समिति मनोनित सदस्य सरिता आर्यलको अतिथित्यता रहेको थियो भने कार्याक्रमको संचालन महिला तथा बाल बालिका शाखाका प्रमुख शारदा शर्माले संचालन गर्नु भएको थियो ।
Facebook Comments