Loading...
म ग्यारेन्टीका साथ भन्छु -अहिले निर्वाचन हुने हो भने नेकपाको पत्तासाफ हुन्छ – सांसद श्रेष्ठ

भक्तपुर, ७ आषाढ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको बताउनु भएको छ ।
पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले उक्त कुरा बताएको हो । उनले संविधानको धारा २६ को उपधारा २ ले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई नै दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन खोज्नु सरकारको असंवैधानिक कदम भएको बताएको छ ।
सहअध्यक्ष श्रेष्ठले भने, ‘गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र जनआस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र हो ।’ उनले भने, ‘गुठीयारहरूले नै गुठी सञ्चालन गर्ने संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न दिनु पर्छ र संविधानको अनुसूची ६ बमोजिम प्रदेशले गुुठी व्यवस्थापन समिति बनाई त्यसको व्यवस्थापन गर्नु पर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *