Loading...
पम्म नजिकै पेट्रोल ब्याल्याकमा बेचीदै,हामी जसरीपनि पेट्रोल बेच्न सक्छौ–पम्प सञ्चालक

कैलाली
कैलाली जिल्लाको भजनी नगरपालीका भजनी बजारमा पेट्रोल पम्प वरिपरि पेट्रोल धमाधम ब्ल्याकमा बिक्री वितरण भइरहेको पाइन्छ ।
भजनी बजारमा रहेको एक मात्र पेट्रोल पम्प जयलक्ष्मि ट्रेड कन्सर्नमा एक महिना विति सक्दासम्म पनि पेट्रोल उपलब्ध हुन सकीरहेको छैन । उक्त पेट्रोल पम्पमा पेट्रोल छैन भन्दै बन्द रहने तर बजारमा धमाधम ब्ल्याकमा पेट्रोल बेचीने गर्ने गरेको स्थानियहरुको भनाई रहेको छ । पम्पमा पाइने भन्दा एक लिटरको ४० देखी ५० रुपैया बढी तिरेर बजारमा पाइने मिनरल वाटरको बोलमा रहेको
गुणस्तर हिन पेट्रोल हाल्नु परेको गाडी चालकहरुले वताउने गरेकाछन् ।
स्थानिय जनताहरुलाई सर्वसुलभ तरिकाले फ्युल उपलब्ध गर्न सकियोस भन्नाका निमित्त नेपाल सरकारले विभिन्न ठाउँहरुमा नेपाल आयल निगमको तर्फबाट पेटूोल पम्महरुलाई फ्युल उपलब्ध गराउदै आएको छ । यस्तो सुबिधा हुदाहुदै पनि केही पेट्रोल पम्महरुले विभिन्न बहाना बनाउदै फ्युल अन्यन्त्रै बेच्ने वा आएको फ्युल पनि तत्काल ड्रम र जर्कीन हरुमा पार्सल गर्ने गरेको पाइन्छ ।
यसै सन्दर्भमा हामीले भजनी स्थित जयलक्ष्मि कन्सर्नका सञ्चालक जियालाल आचार्यलाई सम्पर्क गर्दा यो हाम्रो कमजोरी होइन तपाई नेपाल आयल निगमलाई सोध्नुहोस, हामी पेट्रोललाई जर्कीन, ड्रम, ट्याङ्कर जे मा पनि जतिबेलापनि बेच्न सक्दछौं र दिन सक्छौं, त्यो हाम्रो कुरा हो किनकि अली अली बेचेर हामीलाई आम्दानी हुदैन भन्ने जवाफ दिए । उनको यो कुरामा अगुवा सन्देशको तर्फबाट तेसो भए तपाइको पेट्रोल पम्मको नाममा कहिले फ्युल आयो कसरी कहाँ कहाँ बेचीयो त्यसको प्रमाण सार्वजनिक गरौं त भन्दा उनले भने “होइन होइन हजुर त्यस्तो नगरि दिनुहोला । भजनीमा प्रत्येक ३ दिन, ६ दिन र १० दिनको अन्तरालमा ८ हजार लीटर फ्युल आउने गर्दछ तर भजनीको आवश्यकता १ हजार लिटर मात्र हो । भजनीमा महिनाको दुइचोटी पेट्रोल ल्याए पुग्छ । हामी तत्काल पेट्रोल ल्याउछौं । नेपाल आयल निगममा पैसा बुझाई सकेका छौं ।”
पम्म सञ्चालको यस्तो कुराले भजनीमा पेट्रोलको कुनै अभाव नभएको तर पम्प सञ्चालक कै लापर्वाहीले उपभोक्ताहरुले महंगोमा गुणस्तर हिन पेट्रोल बजारबाट ब्ल्याकमा किन्न बाध्य हुनु परेको कुरा छर्लङ्गै र स्पष्ट हुनजान्छ ।
स्मरण रहोस किसानहरुको खेती लगाउने व्यस्त समयमा सो पेट्रोल पम्ममा समय अनुकुल आवश्यकता अनुसार डिजेल पनि उपलब्ध नहुने उपभोक्ताहरुले वताउने गरेकाछन् । यस सम्वन्धमा सम्वन्धित निकायले समयमा नै पहल कदमी गर्नु पर्ने देखिन्छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *