Loading...
किसानहरु चैते धानबाली भित्र्याउदै,यो बालीमा लागत कम आम्दानी धेरै

हेमन्त माण्डव्य, कैलाली
कैलाली जिल्लाका बिभिन्न ठाउँहरुमा यतिबेला किसानहरुलाई चैते धान बाली भित्र्याउने चटारो छ । कैलाली जिल्लाका भजनी, थापापुर, लालबोझी, जोशीपुर, जानकी, टीकापुर लगायतका ठाउँहरुमा किसानहरुले तोरी बालीलाई निकालेर चैते धानबाली लगाउने गरेको पाइन्छ । विषेश गरि यहाँका बाढी पीडीत क्षेत्रहरुका किसानहरुले चैते धानलाई मुख्य धानबालीको रुपमा लगाउन सुरु गरेकाछन् ।
भजनी वडा नं ३ पडरियाका जङ्ग बहादुर डगौराले आफुले अहिले तिन बिगाहा खेतमा चैते धान लगाएको वताए । आफ्नो खेतमा धान बाली उठाई रहेका डगौराले भने मैले दशकौं पहिले यो चैते धान लगाउदा मान्छेहरु हेर्न आउथे र यसरी पनि बेमौसममा धान खेतीगर्न सकिन्छ र ? भन्दै प्रश्न गर्ने गर्दथे तर आज यस ठाउँमा धेरै किसानहरुले चैते धान लगाएर मनग्य आम्दानी लिइरहेकाछन् ।
उनले अगाडी भने सुरु सुरुमा मैले १० का जती मात्रै चैते धान लगाउथे, पछि गएर त्यसलाई बढाउदै दुई बिगाहा पु¥याए, अहीले अरुको खेत समेत ठेक्का लगेरपनि चैते धान लगाएको छु । उनि भन्छन यो धान एक बिगाहामा करिव ४०–४५ कुन्टलसम्म फल्ने गर्छ र त्यसमा खर्च करिव ३० हजारको हाराहारीमा आउने गर्दछ ।
यस क्षेत्रमा यो बर्ष एउटै व्यक्तिले १० कठ्ठा देखी ७ बिगाह सम्म चैते धान लगाएकाछन् । आगामी बर्ष चैते धान लगाउने किसानहरु अझै बढ्ने स्थानिय किसानहरु बताउछन् । भजनी लगायत आसपासका क्षेत्रहरुमा वर्षातको समयमा बाढी आएर बर्षे धानबालीलाई नोक्सान गर्ने भएकाले पनि किसानहरु चैते धानबालीमा आक्रशित हुदै गरेकाछन् ।
बर्षे धानबाली बर्षातमा आएको बाढीले सधै जसो नोक्सान गर्ने भएकाले सरकारले यहाँका किसानहरुलाई चैते धानबाली सम्वन्धि जानकारी गराएर र यस खेतीकालागी अनुदान दिएको खण्डमा सबैजसो किसानहरुले चैते धानबालीमा आक्रशित भई बर्षातमा बाढिले गर्ने नोक्सानीबाट किसानहरु पुर्ण रुपमा सुरक्षित हुनसक्ने कुरा भजनि ३ का किसान तुलाराम काफ्ले र गोकेन्द्र भण्डारीले बताए । । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *