Loading...
यार्सा नपाइदा यार्सा संङ्कलकहरु चिन्तित्

दार्चुला
दार्चुला लगायतका हिमाली भेगका यार्सा पाटनहरुमा वर्षै पिच्छे पाइने यार्सा तुलनात्मक रुपमा अहिले कम पाइन थालेपछि यार्सा संकलकहरु निरास भएकाछन् । दार्चुला लगायत हिमाली जिल्लाका विभिन्न यार्सा पाटनहरुमा गत वर्षको जस्तो यार्सा नपाइदाँ हिमाली भेगका बासिन्दाहरुले यो वर्ष घरद्वार कसरी चलाउने भन्ने चिन्ताले आफुलाई सताइ रहेको वताउने गरेकाछन् ।
यार्सा संकलन गरी बिक्रीबाट ६ महिनाको लागि खानलाउन व्यवस्था गर्ने अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने राजु देउरुखीले अघिल्लो वर्ष दैनिक ५० देखि सय यार्सा पाउने गरेकोमा हाल दुई चार मात्र पाइरहेको बताए । त्यस्तै अपि गाउँपालिकाको चमटेला बनमा यार्सा संकलनका लागि गएकी सीता निकाले गत वर्षको जस्तो यार्सा नपाइएको बताएकीछन् । गत वर्षको भन्दा यस वर्ष यार्साको संख्या धेरै कम भएको उनको भनाइ रहेको छ । यार्सा पाटनहरुमा यसपाली हिउँ नपग्लेका कारण गत वर्षको जस्तो यार्सा नपाइएको हुन सक्ने अपिनम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले यार्सा संकलनका लागि साना बच्चा देखि गाई बस्तु भाउ उतै लेकतिर लिएर गएकाले यार्सा नपाउदाँ निरास भएका छन् ।
स्मरण रहोस यार्साले बजार नपाएपछि कतिपय ठाउँहरुमा गत वर्षको यार्सा निकासी भइ सकेको छैन् । यसले गर्दा यार्सा सङ्कलक र यार्सा व्यापारीहरु ठुलै मर्कामा परेकाछन् । । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *