Loading...
महाकाली नदीको नेपाल–भारत जोड्ने झोलुंगे पुल मर्मत पश्चात सुचारु

दार्चुला
दार्चुला जिल्लाको सदरमुकाम खलंगास्थित महाकाली नदिमा रहेको नेपाल(भारत जोड्ने झोलुंगे पुल मर्मत गरि सुचारु ग्रिएको छ ।
सो पुल मर्मतमा चार दिन लाग्ने भएकाले असार १ गतेदेखि ४ गतेसम्म पुल बन्द गरिएको थियो । भारतीय सिमा क्षेत्रमा रहेका पुलहरुको मर्मत कार्य भारतिय पक्षले नै गर्ने भएकाले सो भुलुङ्गे पुल मर्मत सम्वन्धमा भारतीय पक्षले नेपाली प्रशासनलाई पत्राचार गरेको र जिल्ला प्रसासन दार्चुलाको सहमतीमा अषार १ गते देखी ४ गतेसम्म उक्त पुल मर्मत गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यसअघि गत फागुन ९ गते देखि १३ गतेसम्म भारतीय पक्षले पुल मर्मत कार्य गर्ने भनेको भएपनि मर्मत कार्य भने गरेको थिएन । २०२८ सालमा निर्माण गरिएको उक्त झोलुंगे पुलका प्लेटहरु लगायत अन्य सामग्री उपकरणहरु जीर्ण बन्दै गएकाले सो को मर्मत कार्य गरिएको छ । भारतीय पक्षद्धारा निर्माण गरिएको उक्त झुलुङ्गे पुलको हरेक तीन तिन वर्षमा मर्मत कार्य गरिदै आएको आएको वताइन्छ । । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *