Loading...
कैललालीका विद्यालय व्यवस्थापन समितीमा गैर अभिभावकहरुको वर्चश्व

कैलाली
कैलालीको लम्कीचुहा नगर पालिकाको वडा नम्बर १० चुहामा अवस्थित श्री राष्ट्रीय नव जागतृ माध्यमिक विद्यालय हीरापुर चुहा पछिल्लो समय राजनितिक गर्ने अखडाको रुपमा स्थापित भइरहेको स्थानीय बासिन्दाहरुले वताइ रहेकाछन् ।
बिधालय व्यवस्थापन समितिको अध्यक्ष पद करिब दुई बर्ष देखि रिक्त रहेकोमा अभिभावकको मञ्जुरी बिना नै विवादित बन्दै आईरहेको विद्यालय व्यवस्थापन समितीका सदस्यहरुबाट दुइ वर्षपछि आन्तरिक रुपमा अहीले लक्ष्मी शाहीलाई रिक्त अध्यक्ष पदमा चयन गरिएको छ । लक्ष्मी शाही अध्यक्षमा चयन भएपश्चात पहीलो पटक अन्तरक्रृया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयले गरेको अन्तरक्रृया तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि तथा अभिभावकहरुले बिद्यालय व्यवस्थापन समितीमा समेत गैर अभिभावकको हाली मुहाली रहेको बताएकाछन् । साथै यस बिधालयको स्तर उन्नती खस्किनुमा मुख्य दोसी बिधालय व्यवस्थापन समिती र विद्यालयका प्रधानाध्यापकको चरम लापरवाही रहेको अभिभावक तथा स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।
बिगतमा जिल्ला कै उत्कृष्ट विद्यालयको रूपमा परिचित यो विद्यालय राजनीतीक अखाडाको रुपमा स्थापीत हुनथालेपछि यस द्यिालयको स्थिती खस्किदै उदोगतिर लागेको बतान्छ । विद्यालयको अवस्था यो स्थितिमा पुग्नमा अन्य शिक्षकलाई दोसी ठान्नु गलत रहेको सहभागि अभिभावकहरूले बताएकाछन् ।
यस विद्यालयका शिक्षकहरूले व्यवस्थापन समितीले आफुहरूको श्रम शोषण समेत गरेको आरोप लगाएका छन् । उता बिधार्थीहरूले बिज्ञान गणित र अंग्रेजी बिषयको नियमीत रुपमा कक्षा सञ्चालन नभए विद्यालयमा आईतबार देखि अनिश्चित कालिन ताला बन्दी गर्ने चेतावनी समेत दिएका छन् । । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *