Loading...
नसाको झोकमा घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु,अन्य सकुसल

दार्चुला
दार्चुलामा श्रीमानले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको घरमै जलेर मृत्यु भएको छ ।
घटनाका सम्वन्धमा अनुसन्धान थालीएको र घरमा आगो लगाउने शेरबहादुरलाई हिरासतमा लिई सकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार घरमा शेर बहादुरका बुबा ,आमा र ३ जना छोराछोरीहरु बस्थेँ । उनीहरु भने सकुसल रहेको दार्चुला प्रहरीले जानकारी दिएको छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *