Loading...
ठेक्का भएको ११ महिनापछि निर्माणको कार्य सुरु, श्रमीकलाई श्रम शोषण गरिएको आरोप

हेमन्त माण्डव्य, कैलाली– अषाढ ९
कैलालीको भजनी नगरपालीका वडा नं ३ ठेकीपुर देखि पडरीया पुर्वसम्म कन्द्रानदीमा तटवम्ध र उच्च सडक निर्माणको कार्य सुरु भएको छ ।
सहरि विकास मन्त्रालयको करिवव २ करोडको लगानिमा सम्मपन्न हुने यो योजना करिव ११ महिना अघि करिव ४२ प्रतिसत बिलोमा ठेक्का भएको थियो । अगुवा सन्देशको पटक पटकको यस योजना सम्वन्धि समाचार प्रकासन पछि ठेकेदार लक्ष्मण स्वारलाई दवाब बढेपछि अहिले अषाढको महिनामा ठेकेदारले स्थानीय ठेकेदारलाई पेटीमा कार्य आरम्भ गराइएको वताइन्छ ।
यो योजनाको कार्य सुरु भएको ५ दिन नपुग्दै कन्द्रा नदीमा बाढीको प्रकोप सुरु भएको छ भने बर्षातमा गरिन थालीएको यस कार्यले कसरी गतिलिन सक्ला त्यो भने आगामी दिनले वताउने छ । स्मरण रहोस सो कार्यमा संङ्गन श्रमीकहरुले आफुलाई ज्याला कम र काम बढी गराएर ठेकेदारले श्रम शोषण गरिरहेको वताएकाछन् । वर्षातमा नदीमा पानीको जल स्तर बढेमा गरिन लागेको कार्यमा भने अबरोध हुन सक्ने सम्भावना प्रवल रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *