Loading...
नेकपा (विप्लव)को कैलालीमा बन्दको असर

टीकापुर, कैलाली– अषाढ १०
नेत्रविक्रम चन्द(विप्लवव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आज गरेको बन्दको असर कैलाली जिल्लाको टीकापुर नगरपालीका लगायत जिल्लाका बिभिन्न ठाउँहरुमा परेको छ । यहाँका शैक्षिक संस्था, यातायात, बजार लगायत सम्पुण क्षेत्र बन्द रहेकाछन । सरकारी कार्यालयहरु आन्तरीक रुपमा सञ्चालन भएका छन भने सेवाग्राहीहरु बन्दका कारण सेवा लीन सकीरहेका छैनन् । कैलालीका अन्य क्षेत्रहरु भजनी जोशीपुर, लम्की, सुख्ड, मसुरीया, चौमाला धनगढी, अतरिया, हसुलीया लगायतमा पनि बन्दको प्रभाव परेको हाम्रा समाचारदाताहरुले जनाएकाछन् ।
आफ्ना कार्यक्रताहरुको हत्या र धरपकड विरुद्ध नेकपा(विप्लव) का कार्यक्रर्ताहरुले हिजो राति टीकापुर भजनी लगायतका क्षेत्रहरुमा मसाल जुलुस निकालेका थिए भने आज बन्दको आब्हान गरेका थिए । (अगुवा सन्देसबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *