Loading...
काठमाडौँमै सयौ पहाडी नेताकार्यकर्ताले गरे राजपा प्रवेश, उत्पीडितका लागि राजपा नै विकल्प

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् पार्टीका संयोजक अनिल कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो, शरत्सिंह भण्डारी, पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, पार्टीका महासचिवद्वय केशव झा र सि.पी सिंहको उपस्थितिमा रहेको थियो ।
पार्टी प्रवेश गर्ने मा आदिवाशी जनजाति पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नीलकण्ठ महर्जनको नेतृत्वमा प्रतिमा महर्जन सहित ५ दर्जन, पर्साका नेपाली काँग्रेसका नेता सिताराम बोमजनको नेतृत्वमा २ दर्जन र लिम्बुवान राष्ट्रिय पार्टीका केन्द्रीय नेता रोशनराज लिम्बुको नेतृत्वमा विक्रम लिम्बु सहित २ दर्जन नेता कार्यकर्ताहरुले सवै उत्पीडित र अन्यायमा परेका नेपाली जनताको लागि राष्ट्रिय जनता पार्टी नेपाल नै विकल्प रहेको भन्दै पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा रतनबिक्रम स्याङबुले उदघोषण गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *