Loading...
विजयनगरमा अभिभावक शिक्षा सचेतना कार्यक्रम सम्पन्न, अभिभावकहरुको महत्वपूर्ण भुमिका
असार ९ विजयनगर ( कपिलवस्तु )
विजयनगर गाउँपालिकामा आज मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अभिभावक शिक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गाउँपालिकाको वडा नं. १ दुधाधारी माध्यमिक विद्यालय गुगौलीमा भएको हो ।
गाउँपालिकाको वडा नं. १ र २ मा अभिभावक शिक्षा सचेतनाको बारेमा शिक्षाप्रति विशेष ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएको हो । गुणस्तरीय शिक्षाका लागि अभिभावकहरुको महत्वपूर्ण भुमिका रहेको हुँदा अभिभावक शिक्षा सचेतनाका कार्यक्रमहरु सञ्चालनमा ल्याईएको हो ।
अभिभावकहरुले विद्यायलमा भईरहेको शिक्षाका विभिन्न गतिविधि तथा क्रियाकलापहरुको बारेमा बुझी शिक्षाप्रति चासो राख्नुपर्ने लगायत विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम विजयनगर गाउँपालिकाको आयोजना र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोगमा तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सिफारिस संयोजक थर्क बहादुर खन्गहाको अध्यक्षता,शिवराव सुबेदी र निसा सिग्देलको प्रशिक्षण र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सदस्य सरिता अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *