Loading...
नागरिक समाजको भूमिका अभिवृद्धिकालागि साझेदारी संस्थाहरुविच अन्तरक्रिया सम्पन्न 
असार ९ विजयनगर ( कपिलवस्तु )
नागरिक समाजको भूमिका अभिवृद्धिका लागि साझेदारी संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम ईन्द्रेणी ग्रामिण विकास केन्द्र कपिलवस्तुको आयोजनामा सम्पन्न  भएको छ ।
सिमान्कृत समुदायको सामाजिक  तथा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत गोरुसिङ्गेमा साझेदारी संस्थाहरु विच अन्तरक्रिया भएको हो । कार्यक्रममा साना किसानहरु लाभान्वि हुने कार्यक्रम, नीति र कपिलवस्तुका सिमान्कृत समुदायको सामाजिक  तथा आर्थिक मुद्धाहरुको बारेमा विस्तृत छलफल गरिएको थियो ।
सिमान्कृत समुदायको सामाजिक  तथा आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत विभिन्न भूमि सम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयनको लागि पहल गर्ने, नि ः शुल्क वितरण गर्ने औषधीहरुको कार्यान्वयनको अवस्था सम्बन्धी, आर्थिक स्थितिको तह अनुसार बजेटको व्यवस्था, तरकारीको विषादी जाँच गर्ने प्रयोगशालाको व्यवस्था र युवा लक्षित कार्यक्रम कार्यान्वयनको विश्लेषण लगायतको उद्धेश्यहरुलाई एकिकृत गरी उक्त विषयमा कार्यान्वयनको लागि नीति नियमहरु सम्बन्धी  छलफल गराईको थियो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शालिकराम बन्जाडेको विशेष उपस्थिति,अध्यक्ष शुभलाल भुषालको अध्यक्षता र लम्क्षीनाथ वलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *