
भारतीय महावाणिज्य दुतावास विरगंजद्धारा नेपाल भारतको आयुर्वेद सम्बन्ध अगाडि बढाउनुको लागि एक दिने अन्तरक्रिया कार्यक्रम विरगंजको होटल भिष्वामा सम्पन्न भएको छ । भारतीय महावाणिज्य दुतावास विरगंज का महावाणिज्य दुत बि.सी प्रधान ले आयुर्वेद सम्बन्धि नेपाल भारत मा पाउने विभिन्न प्रकार का जडिबुटी द्धारा बनाउने आयुर्वेद लाई स्वच्छ र सफा र विस्वासनीय बनाएर बजारमा व्यापारको रुपमा पठाउने बताउनु भयो । योग पछि शरीर सुधारको लागि दोश्रो रुप आयुर्वेदको औषधीहरु भएको प्रधान ले प्रष्ट पार्नु भएको थियो । साथै, भारतीय महावाणिज्य दुतावास विरगंज का उप–महावाणिज्य दुत रमेश चतुर्वेदी ले आयुर्वेद सम्बन्धि विशेष जानकारी गराउनु भएको थियो । त्यसैगरी वाणिज्य दुत डा.कोट्रा श्वामी ले स्वागत मन्तव्य दिनु भएको र वाणिज्य दुत विनोद लोसाली र सुरेश कुमार ले भएको कार्यक्रमलाई व्यवस्थित रुपमा अग्रसर रहनु भएको थियो ।
नेपाल भारत र अफगानिस्तान बाट आउने सिलाजीत, गुगली र हिँग जस्ता कच्चा पदार्थहरु ले आयुर्वेद का विभिन्न औषधिहरुमा प्रयोग हुने भएको ले आयुर्वेद का अखिल भारतीय आयुर्वेद संस्था का डिन डा. पी.के प्रजापति ले बताउनु भएको थियो । कार्यक्रम मा नेपाल भारतका विशिष्ट व्यक्तित्वहरु को सहभागीत रहेनु को साथै कार्यक्रम को अन्तमा प्रदेश नं.२का मुख्यमन्त्रि लालबाबु राउत गद्दि सभालाई सम्बोधित गर्दै भारतीय महावाणिज्य दुतावास विरगंज का महावाणिज्य दुत बि.सी प्रधान ले समापन गर्नु भएको थियो ।
Facebook Comments