
सघिय लोकतान्त्रिक रास्ट्रीय मन्चका अध्यक्षकुमार लिंग्देलले रेशम चौधरी संग भेट गर्नु भएको छ ।
प्रवासबाट सघिय लोकतान्त्रिक रास्ट्रीय मन्च सघिय लिम्बुवान सामाजिक मन्चका सचिबालय सदस्यले राजपा सांसद रेशमको स्वास्थ उपचारको लागि भनेर पठाएको सहयोग रु २५,००० । पच्चिस हजार हस्तान्तरण समेत गर्नु भएको छ । अध्यक्ष लिन्देल ले आफ्नो फेस बुक पेज मा यस्तो लेख्नु भएको छ ।
हिजो असार ११ गते बेलुकी माननीय रेशम चौधरि जि लाइ भेटन वीर हस्पिटल गयौ ।
प्रवासबाट सघिय लोकतान्त्रिक रास्ट्रीय मन्च सघिय लिम्बुवान सामाजिक मन्चका सचिबालय सदस्य जि ले माननीय जि को स्वास्थ उपचारको लागि भनेर पठाउनु भएको सहयोग रु २५,००० । पच्चिस हजार हस्तान्तरण गर्यौ ।
स्वास्थमा सुधार त छ तर त्यस्तो तन्दुरुस्त मान्छे बैशाखी को सहायताले हिडनु परेको देख्दा नरमाइलो लाग्यो ।
जेलले एडभान्स लेभलको उपचार नगर्दो रहेछ, गरे पनि पकृया पुर्याउदा मान्छेको हालत पातलो भैसकेको हुने रहेछ । अहिले आफुले लगाइ राख्यो भने कति महिना पछि रिटर्न दिदो रहेछ । यस्तै त छ नेपालको कर्मचारितन्त्र ।
२०२४ सालमा नै बिरामी कैदिलाइ नेल नलगाउने नियम आएको रहेछ तर आजको दिन सम्म नेल लगाइरहेका रहेछन ।धेरै कैदिहरु हस्पिटल को बेडमा नेल सङै मृत्यु हुन्थे रे त्यो कुरा रेसम जि ले पनि भन्नू भो र त्यहा रहेका प्रहरिहरुलाइ सोद्धा पनि हो भन्थे । रेसम जिको नेल खोलीए पछि देस भरका कैदी बिरामिको नेल खोलियो रे । गजब छ नेपाल !
माननिय जि को उपचारको लागि कोष बनाउने कुरा उठाएको थिये ,
धेरै साथिहरुले सोधिरहनु भएको छ ।
३ जनाको नाममा खाता खोल्न पनि सस्था नै चाहिने रे, सहयोग आब्व्हान गर्नु पनि सरकारको अनुमती लिनु पर्ने भन्ने सुन्दै छु ,
पैसाको कुरा सारै अब्जसे काम छदै छ ।
फेरि, माननीय जि लाई यस्तो बेलामा हामी बाहिर रहेकाहरुबाट यति पनि सहयोग गर्न सकिएन भने हामी आफैलाइ आत्माग्लानी हुने ।
एकले अर्काको मुख हेराहेर गरेर मात्र भयेन कसै न कसैले पहल गर्नै पर्यो ।
फोटो खिच्न दियेन ।
त्यो नेल लगाएको पहिलो फोटो एकजना समाजसेवी चौधरिले पहिलो पल्ट कसरी यो सार्बजनिक गर्नु भो ।
डा . बाबुराम ज्यु ले भु पु प्रमको हैसियतले खिच्नु भयेछ ।यसरी नै डा सिके ,नायिका रेखाले आ आफ्नो मेथड प्रयोग गर्नु भएछ त्यो माननीय जिलाइ पनि थाहा भएन ।
रेसम जि भन्नू भो – कुमार जि ,तपाईं सिङो राज्यसत्ता को बिरुद्धमा लडिरहेको मान्छे त्यसैले कुनै मेथड प्रयोग नगर्नुस ,मनमा लिनुस ।
माहोल बन्दैछ , लक्ष्मण जिहरु भाद्र ७ गते टिकापुर मा एकलाख मान्छे उतार्ने तयारी गर्दै हुनुहुन्छ ।
आशावादी बनौ ।
मानानिय जि को स्वास्थको लागि हामिले थोरै थोरै सहयोग गरौ ।
जय थरुहट, जय लिम्बुवान ,जय १०+१ प्रान्त,
Facebook Comments