Loading...
कृष्णानगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घोषणा, नाऊले गरे प्रतिवेदन पेश

अजय मिश्र / कृष्णानगर असार १४ कपिलवस्तु बकाैली र झण्डेनगर वासीकाे स्वभिमान अबकाे पालाे पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घाेषणा गरिएकाे छ । कृष्णनगर नगरपालिका वडा न. ३ को वडा अध्यक्ष सगीर अहमद खां र १० को वडासचिव राम किशाेेर नाऊले प्रतिवेदन पेश गरेका थिए । प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाकी रहेकाे हुनाले अ अफ्नाे घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउन सहयाेग गरिदिनु हुन र नगरपालिका को चौतर्फी विकास गर्न कुनै कसर बाकी नराखने,जनता ले आस गरेनुसार आफू काम गर्ने प्रतिबद्ध रहेको कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुराेध गरेका छन ।

कार्यक्रम वडा न.३वडाध्यक्ष सागीर अहमद खां को अध्यक्षतामा र वडा नं१० कार्यक्रम १० का वडाध्यक्ष अब्दुल माेबिनकाे अध्यक्षतामा सुरू भएकाे थियाे । कार्यक्रम संचारकर्मी शनि उल्लाह धाेबीले संचालन गरेका थिए भने कार्यक्रमकाे समापन वडाध्यक्ष माेबिन खान र सगीर अहमद खां ले वडालाई खुल्ला दिसा मुक्त घाेषणा संगै कार्यक्रमकाे समापन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *