Loading...
प्रदेश २ को यो जिल्ला, जहाँ एकैदिनमा ८ बिगहा खेतमा धान रोपियो , पुगेन गफ दिने मन्त्रिहरु !

पर्सा अपडेट
१६औ राष्ट्रिय धान दिवसको अवसरमा पर्साको सखुवा प्रसौनी गाउपालिका को कृर्षी केन्द«मा रहेको आज ८ बिगहामा खेतमा धान रोपने कार्य सम्पन्न भएको छ । १६औ राष्ट्रिय धान दिवसको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई , सशस्त्र प्रहरी का प्रहरी उपरिक्षम प्रेम ध्वज शाह, र अनुसन्धानका प्रहरी उपरिक्षक कुमार खडकाल,े संयुक्त रुपमा गाउंले हरुको समुहमा एक साथ धान रोपनु भएको हो । धान रोपने क्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराईले उन्नत जातको धानको बिरुवा लागाई थोरै जग्गामा बढी धान उपजाउन का निम्ती सुझाव र सल्लाह दिनु भएको थियो । तेश्रो मुलुक बाट आउने चामलको अपेक्षालाई अन्त गर्नृु र स्वदेश मा नै उच्च र उन्नत जातका धान र गहु को बिरुवाहरु लगाई पर्सेली किसानहरु अगाडी बढनु बताउनु भयो । रोपाई कार्यक्रम सम्पन्न पश्चात दही चिउरा खुवाई किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई लाई बिदाई गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *