Loading...
नेपालको श्रीलंकामा विद्यालयको अवस्था नाजुक, बिद्यालय प्राथर्मीक,पढाइभने बालविकास

हेमन्त माण्डव्य, कैलाली–अषाढ १७
कैलाली जिल्लाको शुदुर पुर्वि टीकापुर नगरपालीका वडा नं ८ को दक्षिण–पुर्वि नेपाल भारत सिमानामा रहेको श्रीलंकामा श्रीकर्णाली प्राथमिक बिद्यालयमा बाल बिकास अन्तर्गतका बालबालीकाहरु मात्र अध्यनरत रहेकाछन ।
उक्त बिद्याालयले कक्षा ३ सम्म सरकारी मान्यता सहित स्वीकृती भई पाएको छ भने हाल सो बिधालयमा करिव ४५ जना बिद्यार्थीले भर्ना भएकोेकुरा वताइन्छ ।
सो ठाउँमा बाजुरा जिल्लाबाट केही परिवार बसाइ सराइ गरेर आएपछी यिनै परिवारहरु भित्रका बालबालीकाले सो बिद्यालयमा भर्ना गरेपछि बिधार्थी बढेका हुन नत्र भने त्यो भन्दापनि थोरै बिद्यार्थीहरु सो बिद्यालयमा अध्यन गर्ने गर्दछन, सोही ठाउँका स्थानिय वासिन्दा शिक्षक कालुसिह बुढाले बताए । सो बिद्यालयलाई स्थापना गरे यता सरकारी तवरबाट कुनै किसिमको
सहयोग प्राप्त नभएको र बिद्यालयमा एकजना बालविकास शिक्षक बाहेक अरु दरवन्दि नै नभएको स्थानिय समाजसेवी झपट बुढाकोे भनाई रहेको छ । सो बिद्यालयमा हालसम्म चारैतिरको घेरबार, व्यवस्थित खानेपानी लगायतका अतिआवश्यक कुराबाट बञ्चित रहेको अवस्था छ । बिद्यालयको घेरवार नहुदा प्रायजसो बटुवाहरुले विद्यालय प्राङ्गनबाटै साइकल, मोटरसाइकल चलाएर नै जाने गरेको वताइन्छ । यस्तो अवसथाले सो बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु दुर्घटनामा पर्ने सम्भावना त्यतीकै रहेको देखीन्छ ।
भौगोलीक किसिमले सो क्षेत्र बिकट भएको र वर्षातको समयमा चारैतिरबाट कर्णाली नदिको पानिले घेर्ने र दक्षिणतिर भारतको वोर्डर भएकाले पनि यहाँका वासिन्दाहरुलाई आवागमनमा कठीनाई पर्ने गर्दछ । कर्णाली पश्चिममा बटनपुर र उत्तरपुर्वमा वर्दियाको राजापुरमा रहेका बिद्यालयमा जान आउन यहाँका स–साना बालबालीकालाई समस्या पर्ने भएकाले, यहि अवस्थालाई मध्यनजर गर्दै श्रीलंकामा सो बिद्यालयको स्थापना गरिएको थियो ।
हाल सो ठाउँमा बिद्याार्थीहरु बढ्ने क्रम भएकाले स्थानिय सरकारले यस बिद्यालयको बारेमा तत्काल दरवन्दि कायमगरि यहाँका जनताहरुका पक्षमा कार्य गर्नु पर्दछ ।
स्मरण रहोस तत्कालीन अवस्थाको धनसिहपुर गाबिस वडा नं १ का अरनाफाँटा, बुढाबाडा, तोलीगाउँ रहेको उक्त क्षेत्र कर्णाली नदि कटानका कारण बर्दीया जिल्लातिर एक टापुको रुपमा परिणत भएको थियो । सो ठाउँलाई आजको समयमा श्रीलंकाको रुपमा नामाकरण गरि स्थापित गरिएको छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *