Loading...
ठेक्का भएको महिनौपछि निर्माणको कार्य सुरु, श्रमीकलाई श्रम शोषण गरिएको आरोप

भजनी, कैलाली–अषाढ १७
कैलालीको भजनी नगरपालीका वडा नं ३ ठेकीपुर देखि पडरीया पुर्वसम्म कन्द्रानदीमा तटवम्ध र उच्च सडक निर्माणको कार्य सुरु भएको छ ।
सहरि विकास मन्त्रालयको करिव १ करोड ७५ लाखको लगानिमा सम्पन्न हुने यो योजना करिव ११ महिना अघि ४५.५ प्रतिसत बिलोमा ठेक्का लीदा करिव ९० लाख भ्याट सहितको लागतमा यो योजनाको ठेक्का सदर भएको सहरि विकास डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेश वाग्लेले वताएकाछन् । अगुवा सन्देशको पटक पटकको यस योजना सम्वन्धि समाचार प्रकासन पछि ठेक्का पाएको कुवर कन्ट्रक्सनलार्ई दवाब बढेपछि अहिले अषाढको महिनामा ठेकेदारले स्थानीय ठेकेदारलाई पेटीमा कार्य आरम्भ गराइएको वताइएको छ ।
यो योजनाको कार्य सुरु भएको ५ दिन नपुग्दै कन्द्रा नदीमा बाढीको प्रकोप सुरु भएको छ भने बर्षातमा गरिन थालीएको यस कार्यले कसरी गतिलिन सक्ला त्यो भने आगामी दिनले वताउने छ । कार्य प्रारम्भ भएपछी स्थानीय श्रमीकहरुलाई सो कार्यमा लगाइएको छ भने उक्त कार्यमा संलङ्गन श्रमीकहरुले आफुलाई ज्याला कम र काम बढी गराएर ठेकेदारले श्रम शोषण गरिरहेको वताएकाछन् । वर्षातमा नदीमा पानीको जल स्तर बढीरहेको अवस्थामा गरिन लागेको यस कार्यमा भने अबरोध हुन सक्ने सम्भावना प्रवल रहेको छ ।
स्मरण रहोस सो ठाउँमा योजनाको बारेमा सर्वसाधारण जनताहरुले बुझ्न पाउने अधिकार को समेत हनन् गरिएको छ । किनकी त्यस ठाउँमा योजनाको सार्वजनिक सुचनापाटी समेत टाँस नगरिएको स्थानियहरुले वताई रहेकाछन् । यसरी वर्षातमा हतारमा गरिने कार्यले पक्कैपनि गरिन लागेको कार्यमा गुणस्तरता न्युनरहने भजनी क्षेत्रका समाजसेवी लगायतहरुले वताउने गरेकाछन् । स्मरण रहोस अगुवा सन्देशमा समाचार सम्प्रेषण भएपछि अतालीएको ठेकदार पक्षले फोन गरि धम्किको शैलीमा अगुवा सन्ददेश टीमलाई खुसामत गर्ने गरेको छ ।(अगुवा सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *