Loading...
अस्थाई पुल बग्दा आवागमनमा कठीनाई, पक्कि पुल कहिले बन्ने ठेगान छैन

हेमराज माण्डव्य, कैलाली–अषाढ १७
हुलाकी सडक अन्तर्गत भजनी नगरपालीका वडा नं ३ मा अवस्थित कन्द्रा नदीमा रहेको अस्थाई पुल नदीमा आएको बाढीले बगाएपछी यात्रुहरुलाई आवागमनमा कठिनाई भएको छ ।
भजनी नगरपालीका लालबोझी, कौवाखेडा, पगियाप्रसार, कुटी, चर्रा, पृथिपुर, कर्मदेव लगायतका गाउँहरुका जनताहरुलाई नगरपालीकाको कार्यालय तथा भजनी बजारमा आएर दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न प्रतक्ष असर परीरहेको छ । यस क्षेत्रका जनताहरुका साथै उक्त बाटो भएर हिड्ने पुर्व देखी पश्चिम सम्मका कैयौं यात्रिहरुलाई समस्या भएको छ । कतिपयले कन्द्रा नदिमा निर्माण गरिएको अस्थाई पुल बाढीले बगाएको थाहा नपाउदा धनगढी, नेपालगञ्ज आवत जावत गर्ने यात्रिहरुले अन्यन्त्रै बाटो भएर जानु परेको अवस्था रहेको छ ।
स्मरण रहोस सो ठाउँमा निर्माणाधिन पक्किपुल ठेकेदारको लापर्वाहीका कारण अझै निर्माण सम्पन्न हुनसकेको छैन । सो पुल निर्माण सम्पन्न हुन अझै एक, दुइवर्ष लाग्ने अनुमान गरिएको छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *