हेनुका माण्डव्य, कैललाी, अषाढ १७
माण्डव्य समाज नेपालका बरिष्ठ सल्लाहकार तथा नेपाल सरकारका पूर्व सचिब एबम समाजसेबी प्रेमनिधि ज्ञवालीले लेखेको पुस्तक सिराने कान्छो काठमाडौंमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।
पूर्व प्रधानमन्त्री एबम अग्रज साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व मन्त्री राधा ज्ञवाली, नेपाली सेनाका पूर्व ब्रिगेडियर जनरल एबम नेपाल इन्स्टिच्युट फर स्टारटेजिक स्टडिजका सिइओ सुरेश शर्मा, पूर्व सचिब तिर्थराज शर्माले सयूक्त रुपमा सो कितावको बिमोचन गरेका थिए ।
पुस्तक बिमोचन कार्यक्रममा आमन्त्रित अथिती वक्ताहरुले मन्तब्य राख्दै सिराने कान्छो अर्थात प्रेमनिधि ज्ञवालीको कृति र उनका ब्यक्तित्वका बिबिध पक्षमा प्रकाश पार्दै उनलाई
बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा घोस्ट राइटिङका कमल ढकाल र पूर्व सचिब कृष्ण ज्ञवालीले पनि मन्तब्य राखेका थिए ।
प्रेमनिधी ज्ञवालीको सिराने कान्छो नामक कृतीले समाजमा आफ्नो छाप छोड्न सफल हुने बिस्वास लिइएको वताइएको छ ।
स्मरण रहोस प्रेमनिधि ज्ञवाली वरिष्ठ साहित्यकारको रुपमा स्थापित एक आदर्श व्यक्तित्व हुन भने बृहत माण्डव्य बंशावली २०७२का विमोचन कर्तापनि हुन् ।(अगुवा सन्देशबाट)
Loading...
Facebook Comments