Loading...
दोहोरो गोली हानाहानपछि भयो भीषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु, अझ संख्या बढ्ने

१७ असार, काठमाडौं । आफगानिस्तानमा भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएकाे छ । कम्तीमा ६८ जना घाइते भएका छन् ।

विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा सोमबार विस्फोटन भएको हो ।  मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर हेला हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिवानीले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *