Loading...
पूर्वराज्यमन्त्री साहलाई दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले सुनायो जन्मकैदको फैसला

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह लाई जन्मकैदको फैसला सुनाएको हो । साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ ।

सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।

२०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *