Loading...
सर्वोच्चको फैसलालाइ घोर भत्र्सना गर्दै महासंघले गर्यो दल तथा संगठनलाइ बिरोध गर्न आह्वान

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक/अप्राविधिक तर्फका पदहरूको लिखित परीक्षाको विज्ञापन सूचना गत २०७६ जेठ १५ गते (सूचना नं. ५२९ र ५३०÷०७५–७६) प्रकाशित गरी ९ हजार १ सय ६१ सङ्ख्या पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको कार्य संविधानको मूल मर्म, समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरित हुँदाहुँदै सम्मानित न्यायलय सर्वोच्च अदालतले समेत सरकार र आयोगको सोही कदमको पक्षमा सम्वत् २०७६ असार १६ गते गरेको फैसलाप्रति नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधानको रक्षा र विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंगका समुदायको अधिकार संरक्षण गर्नुपर्ने मूल दायित्वबाट विमुख हुँदै सर्वोच्च अदालतबाट भएको यसखाले फैसलाको महासंघले घोर भत्र्सना गरेको छ ।

परिवर्तनबाट स्थापित संघीय लोकतान्त्रिक शासन व्यवस्थामा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायलाई राज्यको प्रशासनिक संरचनाहरूमा मूल प्रवाहीकरणका लागि केही प्रतिशत आरक्षण भइरहेको व्यवस्थाको विरुद्ध वर्तमान सरकारले खोस्ने र उल्ट्याउने कार्यको समेत अदालतले सदर गरेकोप्रति महासंघ खेद व्यक्त गर्दछ ।
एकल जातिवादी र नश्लवादी वर्तमान सरकार र आयोगको कार्यबाट प्रभावित भई सम्मानित अदालतले समेत लिएको यसखाले विभेदकारी र एकल नश्लवादी निर्णयको विरुद्ध हामी बहिष्कृत वर्ग समुदायमा थप सशक्त आन्दोलन गर्नुबाहेक अरु विकल्प नरहेको ठहर महासंघको छ । महासंघ यस विभेदकारी निर्णयको विरुद्ध जुनसुकै खाले आन्दोलन गर्न बाध्य हुने वर्तमान सरकारलाई सचेत गराउँदै सोबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयम् नेपाल सरकार र जिम्मेवार राजनीतिक दलहरू हुने समेत स्पष्ट समेत परेको छ ।
एकल जातिवादी नश्लीय राज्यसरकार, आयोग र अदालतको समेत विभेदकारी यस निर्णय र व्यवहारको आ–आफ्नो ठाउँबाट विरोध जनाउन र प्रतिरोध गर्न गराउन नेपालको आदिवासी जनजाति आन्दोलनसँग जोडिएका सम्पूर्ण आदिवासी जनजातीय संगठनहरू, राजनीतिक दल भित्रका आदिवासी जनजातीय मोर्चा÷घटकहरू, आदिवासी जनजाति मुद्दाकेन्द्रित राजनीतिक दलहरू, सम्पूर्ण आदिवासी जनजाति जनतालगायत न्याय, समानता, समता, मानवअधिकारको पक्षधर र सबैखाले विभेदको अन्त्य चाहने आम नेपाली जनतामा हार्दिक अपिल गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *