
असार २० विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. २ मधवानगनरलाई “हामी सबैको एउटै रहर,पूर्ण सरसफाई युक्त विजयनगर” भन्ने नाराका साथ पूर्ण सरसफाई टोल घोषणा गरिएको छ । मधवानगरका टोल बासीले पुर्ण सरसफाईका सुचाङ्कहरु पुरा गरी गरिएको हो । पूर्ण सरसफाई घोषणा गर्नका लागि चर्पीका नियमित प्रयोग,व्यक्तिगत सरसफाई,सुरक्षित पानीको प्रयोग,सुरक्षित खानाको प्रयोग,सफा र स्वच्छ घर आगन लगायतका सुचाङ्कहरु पुरा गरिएकोले पूर्ण सरसरफाई टोल घोषण गरिएको हो । उक्त गाउँको प्रत्येक घरघरमा पूर्ण सरसफाईको सुचाङ्क सहित लेखिएको स्टिकर टाँसी सरसफाई युक्त टोल पहिचान गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल थापाले यसरी नै पुरै विजयनगर गाउँपालिकाका सम्पूर्ण गाउँटोललाई पूर्ण सरसफाईका सुचाङ्कहरु पुरा गर्दै, टोल घोषणा गर्दै जाने बताउनु भएको छ । “मानिस स्वस्थ भए मात्र विकास हुन्छ” मानिसको अमुल्य सम्पत्ति स्वास्थ्य हो । यसले सवैलाई चेतनशील बनाई सफा र स्वच्छ समाजको निमार्णमा महत्वपूर्ण भुमिका खेल्ने थापाले बताउनु भयो । यस्तै गाउँपालिका कार्यकारी अधिकृत रविन्द्र प्रसाद चौधरीले पूर्ण सरसफाई टोल कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताउनु भयो । यसले सामाजिक विकासमा टेवा पुग्नुका साथै अन्य मानिसलाई प्रोत्साहित गर्ने बताउनु भयो । यस्तै वडा अध्यक्ष नेपाल चौधरीले पुर्ण सरसफाई टोल घोषणा कार्यक्रमको सुरुवात वडा नं. २ बाट गरिएको भन्दै खुसी व्यक्त गर्नु भयो । यस्तै अरु गाउँटोललाई पूर्ण सरसफाईको सुचाङ्क पुरा गरी गाउँटोल पुर्ण सरसफाई घोषणा गर्न अनुरोध गर्नु भयो । कार्यक्रम गाउँपालिका अध्यक्ष गोपाल थापाको प्रमुख अतिथ्यता,गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीको विशिष्ट अतिथ्यता, कार्यकारी अधिकृत रविन्द्र प्रसाद चौधरीको विशिष्ट अतिथ्यता,गाउँकार्यपालिका सदस्य धनवीर सुनारको अतिथ्यता, खडग बहादुर थापाको स्वागत मन्तव्य,प्रमिला पौडेलको शुभकामना मन्तव्य र वास संयोजक अर्जुन बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Facebook Comments