Loading...
गरिबीको रेखामुनि रहेका कृषकलाइ मन्त्रिको जवाफ : प्रदेश ५ को विकास यसरी गर्न सकिन्छ
कार्यक्रममा बोल्दै प्रदेश ५ नं. का  कृषी मन्त्री  आरती पौडेलले प्रदेश नं. ५ लाई  कृषिको माध्यमबाट विकास गर्न सकिने दावी  गर्नु भएको छ ।
 “हाम्रो विकासको आधार कृषि नै हो हामी पहिचान गरेका छौँ ” उहाँले बताउनु भयो । विजयननगरका गरिबी रेखामुनि रहेका कृषकले गरी रहेका पेशा व्यवसायलाई  केही  सहयोग होस् भन्ने उद्धेश्यले कायक्रम ल्याई उपस्थित भएको पौडेलले बताउनु भएको छ ।
 सानो किसानले  खेती गर्छ भने प्रदेश  सरकारबाट सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । जसको जग्गा छैन खेती गर्न चाहन्छ, किसानले ठेक्का लिएर गर्छ  त्यस्तो सामुदायलाई सरकार ठेक्का भाडा तीर दिने , मल, विउ, धारा र बजारीकरण समेत सरकारले उपलब्ध गराउने बताउनु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य अजुर्न कुमार केसीले प्रदेशमै पछाडी परेको यस क्षेत्रकै विजयनगर गाउँपालिकाबाट सुरु गरेको गरीवी रेखामुनि रहेका जनतालाई प्राथमिकता दिएकोे भन्दै धन्याबाद दिनु भयो । व्यवसायिक रुपामा खेती गर्ने कृषकलाई सहयोगका लागि  विशेष पहल गर्ने केसीले बताउनु भयो ।
पशुपंक्षी, सहकारी तथा भुमिसुधार मन्त्रालय महाशाखा प्रमुख प्रदीप शार्माले कार्यक्रम जानकारी गराउँदै  प्रदेश नं. ५ भित्र रहेका १२ ओटा जिल्लाहरु मध्ये अति गरिब चार ओटा जिल्ला गरिबी रेखामुनि रहेको जिल्ला मध्ये कपिलवस्तु रहेको बताउनु भयो । कपिलवस्तुको सबै भन्दा  अति गरिब रेखामुनि मध्ये विजयनगर गाउँपालिका रहेको बताउँदै विजयनगर गाउँपालिकाको गरिबी रेखामुनि रहेका ४० जना कृषकहरुलार्इृ  वस्तुगत सहयोग  गरिएको बताउनु भयो । यो कार्यक्रमले किसानलाई उत्पे्रणा दिई आत्मनिर्भर बनाउने बतायनु भयो ।
कोटा अनुसार वस्तुगत सहयोगमा ९ जनालाई कुखुरा पालन, ४ जनालाई  बाख्रापालन, ३ जनालाई पशु पालन, १८ जनालाई तरकारी खेती, १ जनालाई गाईपालन र ५ जनालाई भैँसी पालन व्यवसाय गर्न माग गरे अनुसार वस्तुगत सहयोग गरेको शर्माले बताउनु भयो i
कार्यक्रममा प्रदेश ५ नं. का  कृषी मन्त्री  आरती पौडेलका प्रमुख अतिथ्यता, पशुपंक्षी, सहकारी तथा भुमिसुधार मन्त्रालय महाशाखा प्रमुख प्रदीप शामार्,प्रदेश सदस्य अजुर्न कुमार केसीको विशिष्ट अतिथ्यता, गाउँपालिक अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन सहकारी एवम् गरिवी निबारण शाखा प्रमुख देवीराम भण्डारीले गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *