Loading...
ओलीले गरे बाबुरामप्रति कडा व्यंग, भने-“नेपालमा पीएचडी पढेको धेरै छन् पार्टी पीएचडीले बन्दैन”

देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेका छन् । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’

प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई मात्र होइन समाजवादी पार्टीलाई नै आग्रह गरेका छन् । भट्टराई आउन हुन्छ भने उपेन्द्र यादवहरु पनि आउनसक्ने उहाले बताउनु भएको छ। उहाले भट्टराई प्रति व्यंग गर्दै भन्नु भयो – नेपाल मा त्यस्ता पी एच डि पढेको धेरै छन् , पार्टी पी एच डि ले बन्ने होइन के को डाक्टर सहाब डाक्टर साहब ।

वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै उनले अरुलाई पनि एकतामा आउन आग्रह गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *