Loading...
कमेडी किङ्गको उपाधि पाए प्रधानमन्त्री केपी ओली ! कसले दिए प्रधानमन्त्रीलाइ यो उपाधि ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले लगाएका छन् । रिपोर्टर्स क्लब नेपालदवारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढाउन असफल भएको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री आलीजी हास्यास्पद पात्र बन्नुभयो । उहाँ बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ । अनि बेलुका भयो कि दिल्लीभक्त बन्नुहुन्छ,’ उनले भने ,‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा बिषादी भेटिएकाले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुने आयात गर्न दिने भनेर निर्णय गराउनु भयो । उहाँलाई कतिबेला के मुड चल्छ ? थाहै हुँदैन ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *