Loading...
मेन्था खेतीले बजार नपाउदा किसान मर्कामा, स्वदेशमा मुल्य नपाउदा मेन्था तेल बाहिरीदै

हेमन्त माण्डव्य, कैलाली– अषाढ २२
कैलाली जिल्लाको टीकापुर नगरपालीका वडा नं ८ मा पर्ने श्रीलंका गाउँका किसानहरु आफुले लगाएको मेन्था खेतीले बजार नपाउदा मर्कामा परेकाछन् ।
यहाँका किसानहले बर्षायाममा धान बाली लगाएर हिउदमा मकै, तोरी, मसुरो जस्ता बाली लगाएर त्यस पछिको खाली जमीनमा मेन्था खेती गर्ने गरेकाछन् । किसानहरुले एक बिगाह खेतमा करिव पाँच डन्लफ मेन्था उत्पादन गर्ने गरेको वताउछन् । किसानहरुले सो मेन्थालाई तेल बनाउने मेसिनमा एक डन्लफ एक पटक गरि पाँच पटक ड्रममा मेन्था पेल्ने गर्दछन् ।
तेल निकाल्ने उद्योगको एक
ड्रम मेन्था अर्थात एक डन्लफ मेन्थालाइ पेल्दा किसानहरुले स्थानिय मेन्थाबाट २० लिटर र हाइब्रेड मेन्थाबाट १० देखी १२ लिटर तेल निकाल्ने गर्दछन् । सो मेन्था तेल किसानहरुले नेपाली बजारमा उपयुक्त मुल्य नपाउने भएकाले वोर्डर
एरियामा रहेको भारतिय बजार तिकुनियामा लगेर बेच्ने गरेको वताइन्छ ।
सो मेन्था तेलको नेपाली बजारमा प्रती लिटर १ हजारमा बिक्ने गर्दछ भने सोही तेल भारतीय बजारमा करिव नेपाली २ हजार रुपैयाँमा प्रति लिटरमा बिक्ने नेपाल भारत बोर्डर पर्ने चौकुर्जीका स्थानिय किसान भगवति मल्लाहा बताउछन् । यो समयमा मल्लाहका पुरै परिवार मेन्थाबाट तेल निकाल्नमा व्यस्त रहने गरेकाछन् ।
यो क्षेत्रबाट बर्षेनी लाखौं रुपैयाँ पर्ने मेन्था तेल नेपाली बजारमा उचित मुल्य नपाएर भारतीय बजारमा अबैधानीक रुपमा बिक्री वितरण भइरहेको अवस्था छ । यसको जिम्मेवारी कसले लीने ? स्थानिय किसानहरुले वताउने गरेकाछन् । हामीलाई नेपाली बजारमा उचित मुल्य दिए हामी यहि स्वदेशमा नै आफुले मेहनत गरेर उब्जाएको मेन्था तेल बेच्न तयार छौं । होइन भने हाम्रो लगानी त असुल हुनु प¥यो नि ? स्थानिय एक किसानले नाम सार्वजनीक नगर्ने सर्तमा अगुवा सन्देशको कुराकानीमा वताए ।
श्रीलंका गाउँमा उत्पादन गरिएको लाखौं रुपैयाँको मेन्था तेललाई नेपाल मै बिक्रि वितरण गर्न र किसानले आफुले उत्पादन गरेको उब्जनीको उचित मूल्य पाउन र त्यहाँका किसानहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउन स्थानिय सरकारले तत्काल पहल कदमी गर्नु पर्ने देखीन्छ । अन्यथा नेपाली भुमीमा उत्पादन गरिएको लाखौं रुपैयाँको मेन्था तेल अवैधानीक तवरले भारतीय बजारमा निकासि भइरदा वर्षेनि लाखौं करोडौंको घाटा नेपाल सरकारलाई भइरहने निश्चित देखिन्छ । (अगुवा सन्देश बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *