Loading...
दैलेखमा पेट्रोलीयम पदार्थको खोज अनुसन्धानकालागी चिनियाँ टोलीद्वारा कार्य प्रारम्भ

सुर्खेत, अषाढ २२
कर्णाली प्रदेशको दैलेखमा पेट्रोलीयम पदार्थको संघन रुपमा खोज हुने भएको छ । दैलेख जिल्लाको नाभिस्थान, श्रीस्थान र पादुकामा पेट्रोलियम पदार्थको खोज अनुसन्धान सोमवारदेखि शुरु भएको छ ।
खोज अनुसन्धानकालागी दैलेख पुगेको विशेषज्ञको टोलीले सोमवारदेखि क्याम्प खडा गरेर खोज अन्वेषणको काम शुरु गर्ने नेपाल सरकारका तर्फबाट सहभागीे टोलीले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको नेतृत्वमा आएको अन्वेषण टोलीले चिनियाँ विशेषज्ञको टोलीलाई सो स्थानमा र्पुयाएको छ ।
सो विशेषज्ञको टोलीमा सहभागि प्रतिनिधिसभा साँसद् धुर्व कुमार शाहीले दैलेखको पेटूोलियम पदार्थको
बारेमा चिनियाँ टोलीले सोमववार देखी नै खोज अनुसँधानको थालनी गरेको वताएकाछन् ।
विशेषज्ञ टोलीको नेतृत्व गरिरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले यो क्षेत्रको खोज अनुसन्धान पछि मात्र उत्खनन् कहिले देखी गर्ने भन्ने टुङ्गो लाग्ने वताएकाछन् । दैलेखमा रहेको पेट्रोलियम पदार्थको खोज अन्वेषण र उत्खनन गर्ने उद्देश्यले चिनियाँ विशेषज्ञ सहितको टोलीमा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, दैलेख निर्वाचन क्षेत्रनम्वर २ का प्रतिनिधिसभाका साँसद राज बहादुर बुढा, साँसद पार्वती विसुन्के, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद शाही र मन्त्रालयका सचिव लगायत सहभागि रहेकाछन् ।
स्मरण रहोस यस अघी यो क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अध्ययन गरी चिनियाँ विशेषज्ञ टोलीले सो को नमुना संकलन समेत गरी नेपाल सरकारलाई रिपोर्ट बुझाएको थियो । प्रारम्भिक प्रतिवेदन सकारात्मक रहेको र सो ठाउँमा कुन परिमाणमा पेट्रोलियम पदार्थ रहेको छ भन्ने बारे अध्ययन हुने टोलीमा सहभागी सांसद धुर्व वकुमार शाहीले हाम्रा सुर्खेत स्थीत अगुवा समाचार दातालाई जानकारी गराएकाछन् । (अगुवा सन्देश बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *