Loading...
भानुको १६ औ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः ढुंगाना निर्विरोध निर्वाचित

हेमलम्व माण्डव्य, कैलाली, अषाढ–२२
कैलाली जिल्ला टीकापुर नगरपालीका सत्ती स्थित रहेको भानु सामुदायिक पुस्तकालयको १६ औ साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
उक्त साधारण सभाले अध्यक्षमा पुनः देवेन्द ढुगानालाई अध्यक्ष सहित कार्यसमिती सर्व सहमतीमा निर्विरोध चयन गरेको छ । १५ सदसिय कार्यसमितीका अन्य पदाधिकारी सदस्यहरुमा उपाध्यक्ष पशुपती कर्ण, सचिव मनिराम ढुंगाना, सह–सचिव भिम बिक, कोषाध्यक्ष दिपक कुमार वैध्य निर्वाचित भएकाछन् भने अन्य सदस्यहरुमा मन्जु तामाङ, शान्ती खडका,
धनसरी कोइराला, पुनम नेपाली, धन बहादुर बुढा, अमितेश झा, सन्तोष नेपाली, टेक बहादुर खडका, खेमान सिह पुन र मोहन रावल रहेकाछन् ।
पुस्तकालयको १६ औं साधारण सभामा टीकापुर नगरपालीका वडा नं ८ का अध्यक्ष दिर्घ ठकुल्ला रहेका थिए भने विशिष्ठ अथितीहरुमा पुर्व नारायणपुर गा.वि.स. अध्यक्ष फकीरसिंह कडायत, टीकापुर वडा नं ७ का अध्यक्ष रामलाल डगौंरा, रिड नेपालका चिनकाजी श्रेष्ठ रहेका थिए भने अथितीहरुमा पुस्तकालयका पुर्व अध्यक्ष खडक प्रसाद भण्डारी, विरेन्द्र कायस्थ, टीकापुर सामुदायिक पुस्तकालयका उपाध्यक्ष ताराप्रसाद जोशी, सामुदायिक सहकारीका अध्यक्ष हरि कार्की, लक्ष्मिनारायाण बहुउदेसिय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत लगायत रहेका थिए ।
सो कार्यक्रममा पुस्तकालयको तर्फबाट ७५४४८००.४० पैसा बराबरको आय÷वय प्रस्तुत गरिएको कार्यक्रममा अध्यक्षता देवेन्द्र ढुंगानाले गरेका थिए भने स्वागत पशुपति कर्ण तथा सञ्चालन मनिराम ढुंगानाले गरेका थिए । (अगुवा सन्देश बाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *