Loading...
नेपाल विद्यार्थी परिवारको प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कैलाली, अषाढ–२२
कैलालीको धनगढीमा असार २० गते नेपाल परिवार दलको भातृ संगठन नेपाल विद्यार्थी परिवारको शुदुरपश्चिम प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलामा नेपाल विद्यार्थी परिवारका केन्द्रीय सदस्य कमल अधिकारी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी रहेका थिए । नेपाल विद्यार्थी परिवारको प्रदेश भेलाले राम भट्ट को अध्यक्षतामा १४ सदसिय सुदूरपश्चिम प्रदेश समिती गठन गरेको छ । शुदुरपश्चिमका ९ वटै जिल्लाको प्रतिनिधित्व रहेको भेलाबाट गठन गरिएको नयाँ समितीमा वरिष्ठ उपाध्यक्ष
ललित सिह शाहि, उपाध्यक्ष निर्मला बम, सचिव सुदर्शन प्रसाद भट्ट, सह(सचिव बलेन्द्र साउद, कोषाध्यक्ष हेमा चन्द र सदस्यहरुमा प्रेम साउद, सुनिता बोहरा, पुजा राजि, राहुल मल्ल, श्रदा घर्ती मगर, कल्पना चौलागाई, निर्मल सुवेदी, सुनिल वोहरा रहेको जानकारी प्रदेश संयोजक खडक जागरीले अगुवा सन्देशलाई दिएकाछन् । (अगुवा सन्देश बाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *