Loading...
“भारतिय संविधान, यसको प्रारुप र संक्षिप्त चिनारी”

ः— माण्डव्य हेमन्त
संविधान भन्ने वितिकै हामी सजिलै बुझ्न र त्यसको बारेमा सजिलै भन्नपनि सक्दछौ । किनकि आज हाम्रो देश नेपालमा यहि विषयमा चर्चा परिचर्चा भइरहेको अवस्था जारी नै छ । संविधान यानि कि राज्य सत्ता सञ्चालन गर्न बनाइएको एउटा नियम कानुन † त्यसैको परिधी भित्र रहेर राज्यका हरेक कुराहरुलाई कार्यनयन गर्ने पक्ष । आवश्यकता र समय अनुकुल संसोधन गर्न सकिने कुरा ।
यसै सन्दर्भमा हामी मित्र राष्ट्र भारतको संविधानका सवालमा केहि कुराहरु र त्यसलाइ बनाइ रहदा र भारत स्वतन्त्र हुनु अघी या पछि मुख्य भुमिका खेल्ने एक गुमनाम जस्तै रहेका व्यक्तिका बारेमा पनि जान्ने प्रयास गर्नेछौं । संसारमा कतिपयले आफ्नो नामका साथसाथै आफ्नो शारिरिक रुपमा पनी स्थापित भएको पाइन्छ । हामीहरुले कतिपयलाइ उसको शारिरिक बनावट बाट सिधै पहिचान गर्ने गर्दछौ । कतिपय यस्ता मान्छेहरु पनिछन, संसारमा धेरैठुलो काम गरि रहेका हुन्छन तर उनिहरुलाइ कसैले चिन्दैनन । तर उनिहरुले गरिदिएको कार्यमा हामि सारा रमाइ रहेका हुन्छौ । यस्तै किसिमले कतिपय मान्छेहरु यस्ता पनि हुन्छन जसलाइ हामीले शारिरिक हिसावमा होइन उनिहरुको नामबाट मात्र पहिचान गर्ने गर्दछौ । यसै सेरोफेरो भित्रका एक पात्र हुन ‘डा. बेनेगल नर्सिंग राव’ † आज थोरै भएपनि हामि “भारतिय संविधान, यसको प्रारुप र संक्षिप्त चिनारी” भन्ने प्रसङ्गमा सन्क्षिप्त रुपमा चर्चा परिचर्चाका साथमा तपाइ पाठक सामु प्रस्तुत गर्न गइरहेका छौ ।
मित्र राष्ट्र भारत † अग्रेजि हुकुमतबाट स्वतन्त्र भएको आज
करिव ७० वर्ष पार गरिरहेको छ । भारत जव स्वतन्त्र भयो तव डां भिम राव अम्बेट्करको नेतृत्वमा भारतिय संविधान बनेको थियो । यसै सेरोफेरोमा रहेर हामि आज चर्चा गर्ने छौ । भारतको संविधानमा ३९५ अनुच्छेद रहेकाछन । संविधानका यि ३९५ अनुच्छेदहरु २२ भागमा विभाजित भएर रहेका छन । संविधानका यि २२ भागहरु अलग अलग विषयका सम्बन्धमा व्यवस्थित छन । यसका अलवा संविधानमा ८ अनुसुचि पनि रहेका थिए तर सम्बैधानिक संसोधनका कारण आजका समय सम्ममा अनुसुचि बढेर १२ सम्म भइसकेकाछन । यिनका अतिरिक्त संविधानमा ५ परिशिष्ट पनि रहेकाछन । १ नवम्बर २०१६ को अवधि सम्ममा भारतको संविधान १०१ औं पटक संसोधन भइसकेको अवस्था छ । अझै यसको संसोधन प्रकृया जारी नै रहेको छ । यो संविधान २६ जनवरि १९५० का दिन लागु गरिएको थियो । भारतको संविधान बनाउनका लागि २ वर्ष ११ महिना १८ दिन लागेको थियो । भारतको राष्ट्रिय गान ‘जन–गण–मन’ हो भने यसलाइ रविन्द्रनाथ टैगोरले लेखेका थिए । यस गानलाइ गाउनकालागि ५२ सेकेन्ड लाग्ने गर्दछ । भारतको राष्ट्रिय गित ‘वन्देमातरम्’ हो । यसलाइ बंमिचन्द्र चटर्जीले लेखेका हुन । यसलाइ पहिलो चोटी भारतमा १८८६ मा एउटा कार्यक्रममा गाइएको थियो । भारत सरकारले भारतिय संविधानलाई सन २६ जनवरी १९५० बाट लागु गरेको पाइन्छ ।
भारत अग्रेजि हुकुमतको २०० साल सम्म दासत्वको भन्दा पनि चरम उत्पीडनलाइ सहन गरेर सन १९४७ मा आएर अग्रेजि हुकुमतको जंजिरलाइ तोड्दै स्वतन्त्र भएको थियो । तर सही मानेमा भन्ने हो भने भारत सन १९५० मा मात्र आएर पुर्ण स्वतन्त्र भएको पाइन्छ । त्यसपछि भारत एक लोकतान्त्रिक गणराज्यको रुपमा स्थापित भएको देखिन्छ । जव भारत अग्रेजी सासनबाट स्वतन्त्र भयो तव लोकतान्त्रिक गणतन्त्र भारतको संविधानको प्रारुप बनाउनकालागि सात सदशिय विशेषज्ञको टिम तयार गरेर एउटा समिति बनाइएको थियो । जसको नेतृत्व डा. भीम राव अम्बेटकरले गरेका थिए । यो समितिले बनाएको मसौदालाइ कतीयौ पटक काटछाट र छलफल गरेर अन्तमा भारतको पहिलो संविधान सभाले पास गरेर दुनिया भरका सामुुन्ने विश्वको सबै भन्दा ठुलो र उत्कृष्ठ संविधान भनेर सार्वजनिक गरेको थियो ।
हुन त कुनै पनि कुराको शुरुवात एक जनाबाट नै हुन्छ भनिन्छ यो धुव्र सत्य कुरा पनि हो । त्यसरी नै भारतको संविधान बनाइरहदा त्यसको प्रारुपीय खेस्रा पनि एकल हातबाट तयार पारिएको हो भनेर भन्ने गरिन्छ । धेरै जसो मान्छेहरु यो कुराबाट अन्जान छन कि सर्वप्रथम भारतिय संविधानको एक्लै खेस्रा बनाउने कुन व्यक्ति हुन ? आज हामि तिनै महान व्यक्तिको बारेमा यहाँ चर्चा परिचर्चा गर्नेछौ । आखिर को हुन त ति व्यक्ति जसले त्यति ठुलो भारतिय संविधानलाई एक्लै खेस्रा तयार पारे । ति महान व्यक्ति हुन ‘डा. बेनेगल नर्सिंग राव’ । डा. बेनेगल नर्सिंग रावले एक्लै लेभारतको संविधानको पहिलो खेस्रा तयार पारेका थिए । यस्तो कुराकोपनि जिकिर पाइन्छ र भनिन्छ डा. बेनेगलले आफुले तयार पारेको त्यो खेस्रालाइ सन २६ नवम्बर १९४९ का दिनमा संविधान मस्यौदा समितिलाइ हस्तान्तरण गरेका थिए । डा. भीम राव अम्बेट्करको नेतृत्वमा रहेको संविधान मस्यौदा समितिले पनि भारतिय संविधानको खेस्रा प्रमुख सल्लाहकार डा. बेनेगल नर्सिंग रावको प्रत्यक्ष रेखदेखमा बनाइएको विश्वका सर्वश्रेष्ठ संविधान मध्ये एक हो भनेर घोषित गरेका थिए ।
डा. बेनेगल नर्सिंग रावको जन्म सन २६ फरवरी १८८७ मा एक बुद्धिजीवी परीवारमा भएको थियो । उहाँ एक प्रंतिभावान विध्यार्थि पनि हुनुहुन्थ्यो । उहाूले सन १९०१ मा यिनले पुरै मद्रासमा मेट्रिक टप गर्नु भएको थियो । त्यसपछि उहारुले अग्रेजि, फिजिक्स र सस्कृतमा ग्रेजुएसन पास गर्नु भएको थियो । १९०६ मा उहाँले गणित विषयलाइ पनि सफता पुर्वक पास गर्नु भएको थियो । त्यसपछि उहाँ छात्रवृतिमा पर्न सफल हुनुभयो र छात्रवृतिमा परिसकेपछि १९०९ मा कैम्ब्रिजको ट्रिनिटि कलेजमा अध्यन गर्न जानुभयो । उहाँले त्यहि साल भारतिय सिविल सेवाको परिक्षामा पास भएर आफ्नो नाम निकाल्न सफल हुनुभयो र केहि पछि भारत फर्किनु भयो । मद्रास र कैम्ब्रिज यूनिवर्सिटीका ग्रेजुयट बेनेगल सन १९१० मा भारतिय सिविल सेवामा हाजिर हुनुभयो । उहाूले त्यहाँ न्याय तन्त्रकालागि काम गर्न थाल्नुभयो । उहाँले पुर्वि बङ्गालका जिल्लाहरुमा जज बनेर महत्वपुर्ण भुमिका निभाउनु भएको थियो । भारतिय वैधानिक कोडको पुरा संसोधन भएपछि उहाँले कलकत्ता हाइकोर्टको जजका रुपमा पनि कार्य गर्ने मौका पाउनु भएको थियो ।
सन १९३५ मा उहाँले भारत सरकारको रिफार्म अफिसका साथमा मिलेर गवर्मेन्ट अफ इन्डिया एक्ट, १९३५ को डाइरेक्टिङ्गको काम गर्नुभयो । यस प्रोजेक्टको अन्तमा भारतिय फेडरल कोर्टकाप्रथम चिफ जस्टिस सर मौरिस ग्व्येरले सल्लाह दिए कि बेनेगललाइ
फेडरल कोर्टको जज बनाउने हो भने यिनलाइ पाँच वर्षको अनुभव चाहिन्छ । मौरिस ग्व्येरको सुझाव पछि बेनेगलले कलकत्ता हाइकोर्टमा आफ्नो कार्य गर्न थाल्नु भएको थियो । सन १९४४ मा उहाँ सेवानिवृत भएपछि फेरि उहाँलाइ जम्मु–कस्मिर राज्यको प्रधानमन्त्रिको जिम्वेवारीका रुपमा स्थापीत गरीएको थियो । तर कस्मिरका महाराजाका साथमा उहाँको मनमुटाव भएका कारण सन १९४६ मा डा. बेनेगलले सो पदबाट राजिनामा दिन भएको थियो ।
त्यसपछि डा. बेनेगललाइ सन १९४६ मा भारतको संविधान सभाको संवैधानिक प्रमुख सल्लाहकारमा नियुक्त गरियो । डा. बेनेगलले म्यानमारको संविधानको पनि खेस्रा बनाउनु भएको थियो रे । जसलाइ म्यानमारले सन २४ सितम्वर १९४७ मा लागु गरेको पाइन्छ । म्यानमारले संविधानको खेस्रालाइ अन्तिम रुप दिनेबेला सम्म बेनेगल म्यानमार मै रहेका थिए भनिन्छ । बेनेगलले युनाइटेड नेशनमा पनि भारतको प्रतिनिधित्व गर्नु भएको थियो । युएनमा पनि उहाँले १९४९ बाट १९५२ सम्म भारतका स्थाइ प्रतिनिध भएर कार्य गर्नु भएको पाइन्छ । उहाँले जव हेग को इन्टरनेष्नल कोर्टमा नियूक्ति पाउनु भयो तव मात्र यूएनको स्थाइ प्रतिनिधिबाट अवकास लिनु भएको थियो । १९५० मा डा. बेनेगलले प्रेजिडेन्ट अफ द युनाइटेड नेशन्स सिक्योरेटी कौन्सिलका रुपमा पनि कार्य गर्न भयो । उहाँलाइ १९५२ मा मिनिस्ट्रि अफ एक्सटर्नल अफ्यर्सले आमन्त्रित ग¥यो । जसमा उहाँलाई इन्टर नेस्नल कोर्ट अफ जस्टिसको चुनावकालागि बोलाइएको थियो । यस कार्यलाइ उहाँले सरल तरिकाले स्वीकार गर्दै कार्यरत हुन पुग्नु भयो । तर एक वर्षको कार्य गराई पछि आफ्नो स्वास्थ्य खराविका कारण डा. बेनेगल जुरिख भन्ने ठाउँमा जानुभयो भन्ने कुराको उल्लेख पाइन्छ ।
आफ्नो कार्यकालको समयमा डा. बेनेगलले दुइ अरु प्रोजेक्टमा पनि काम गर्नु भएको थियो । जुनकाम उहाँलाइ भारत सरकारले सुम्पिएको थियो । पहिलो प्रोजेक्ट भारतमा रेल मजदुरहरुले काम गर्नेबेला त्यहाँको वस्तु स्थिति र वातावरणको जाँच बुझकालागि जिम्वेवारि पाएका थिए भने अर्को हिन्दु कानुनलाई सुधारको विषमा कार्य गर्नु पर्ने थियो । विभिन्न समयमा डा. बेनेगलले गरेको कामको मुल्याङ्कन गर्दै सन १९३४ मा न्यू इयर आर्नर लिस्ट मा कैम्पियन अफ द आर्डर, अफ द इन्डियन एम्पाएर को उपाधीबाट सम्मानित हदै फेरि १९३८ मा नाइटहुड को उपाधि पनि पाउन सफल हुनुभयो । त्यसैगरि १९८८ मा भारत सरकारले यिनको सम्मानमा हुलाक टिकट जारी गरेको पाइन्छ । बेनेगलले विभिन्न भुमिकामा रहेर आफ्नो देशकालागि धेरै ठुलो योगदान दिएतापनि उनि भारतमा एक गुमनाम जस्तै रहेका व्यक्तिमा नै पर्दछन । डा. बेनेगलले कहिल्यै पनि आफ्नो व्यक्तिगत स्वार्थकालागि काम गरेनन । उहाँ सधै आफ्नो देशको रुपान्तरणको पक्षमा नै लागिरहनु भयो । त्यहि भएर त आज उहाँ गुमनाम जस्तै भएर पनि हरेक भारतियहरुको मन मुटु र मस्तिष्कमा बस्न सफल हुनुभएकोछ । आज भारत देश उहाँले दिएको योगदानको अघि सधै नतमस्तक भएर गौरवान्दित हुदै गर्वले आफ्नो सिना चौडा बनाउदै शिर ठाडो पारि रहन्छ ।
त्यसैले अन्तमा भन्नु पर्दा आउँ हामिपनि लड्ने भिड्ने, बन्द–हड्ताल, बिरोध जे जस्तोसुकै भएपनि सम्मानित तरिकाले व्यक्तिगत स्वार्थमा नभइ सामुहिक स्वार्थकालागि गरौं र अगाडी निरन्तर रुपमा बढौं । समय आउछ पर्खीदैन । राष्ट्र सपुत बन्नाकोलागी आफ्नो देशकोलागि केहि गरेर जानुपर्दछ । त्यसकालागि उपयुक्त समयमा उपयूक्त कामको थालनि गरिहाल्नु पर्दछ । बस खयाल यति मात्र होस कि त्यो गरिन लागेको काम समाज र राष्ट्रका लागि योग्य काम होस । त्यसैले समय अनुकुल समाज रुपान्तरणमा आफ्नो अमुल्य योगदान दिएर निरन्तर लागि परौं । आफ्नो पुर्खाको चलीआएको भन्दै परम्परा, रिति, रिवाज, सस्कृति र धर्मको आडमा रहेर पुरानो रुढीवाधि गतिविधि र कुराहरुलाइ प्रसय नदिऔं । आफ्नो परम्परा, रिति, रिवाज, सस्कृति र धर्म भित्रको कुरितिलाइ समय अनुकुल परिमार्जित गर्दै आउने आगामि पिढीलाई हस्तान्तरण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *