Loading...
राजतन्त्रलाई फालेर बनाइएको यो संविधान अझै त्रुटीपूर्ण छ, संशोधन गराएरै छाड्छु – उपेन्द्र

समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रलाई फालेर बनाइएको भए पनि यो संविधान अझै त्रुटीपूर्ण भएको बताउनु भएको छ उहाले भन्नु भएको छ -” त्यसैले संविधान संशोधनका लागि अहिले पनि हामी संघर्षमै छौँ ।’ ‘ संविधानले दिएको संघीयता, गणतन्त्र, समावेशिता जस्ता राजनीतिक उपलब्धीलाई संस्थागत गर्नु आवश्यक छ ’ , संविधानमा नसमेटिएका अधिकारका लागि भने लडिरहने छौ ।‘सत्ता भन्दा हाम्रा लागि अधिकार प्राथमिक विषय हो ’उहाले भन्नुभयो -” संघियतालाई कमजोर बनाउन संघिय सरकार नै लाग्नु दूर्भाग्यपूर्ण हो” ।

‘संघीय सरकार कुनै एक वर्ग र खास जाति विशेषको जस्तो देखिएको छ ’ उपप्रधानमन्त्री समेत रहनु भएका यादवले भन्नु भयो-” सरकार कुनै एक जाति वा वर्गको लागि मात्र नभइ सबै वर्ग र जातजातिको साझा सरकार बन्नु पर्छ ।’ संविधानले प्रदेश सरकारलाई दिएका अधिकार पनि कम्युनिस्ट नेतृत्वको संघीय सरकारले खोसेको उनले आरोप लगाउनु भएको छ । लोकसेवा आयोगको विज्ञापन, प्रहरी, प्रशासन लगायतका विषयमा संघिय सरकारको भूमिका असंवैधानिक रहेको उहाले दाबी गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *