Loading...
नेपालकै पहिलो खेलकुद बिकास परिषदको सदस्यसचिवमा सुर्यद्वारा पदभार ग्रहण

नेपालकै पहिलो प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवको रुपमा सुर्य भण्डारी नियुक्त भएका छन् । ३ नं प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो । आजै राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश नं ३ को यही असार ९ गते बसेको मन्त्री परिषदको बैठकले प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा काठमाण्डौ ३१ स्थायी निवासी सुर्यलाल भण्डारी सहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो । मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन भने परीषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश याजना आयागका सचिव रहनेछन् । सदस्यसचिव भण्डारी खेलकुद क्षेत्रमा राम्रो ब्यबस्थापकिय क्षमता भएको ब्यक्तिको रुपमा परिचित छन् । उनले राष्ट्रिय खेलकुद परिषद अन्तरगतको राष्ट्रिय बिद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव, नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् । हरेक जिम्मेवारीमा उत्कृट नतिजा दिन सक्ने भण्डारी शिक्षा र पत्रकारिता क्षेत्रमा पनि दख्खल भएका ब्यक्ति हुन । उनले २०६८ सालमा नेपाल सरकार द्धारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार समेत प्राप्त गरेका थिए । ब्यवस्थापन र शिक्षा संकाय दुबैमा स्नातकोत्तर गरेका भण्डारीले शिक्षा संकायमा ऐक्षिक बिषयमा स्वास्थ्य तथा शारिरिक बिषय अध्ययन गरेका हुन । सदस्यसचिव भण्डारी लामो समयदेखी एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय सम्मको र नेकपाको सहायक संगठन वाईसिएल नेपालको केन्द्रिय खेलकुद बिभागको सचिव सम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनको काम गर्न सक्ने क्षमताकै कारण करिव २ दर्जन प्रत्यासीहरु मध्येबाट नेकपाका नेताहरु र सामाजिक विकास मन्त्री युवराज दुलालको प्रस्तावमा प्रदेश सरकारले भण्डारीलाई नियुक्त गरेको उनका प्रतिस्प्रर्धीहरुले नै बताउने गरेका छन् । मन्त्री दुलाल पनि परिणममुखी काम गर्ने स्वभावको भएका कारण उनको रोजाईमा युवा सदस्यसचिव परेको खेलकर्मीहरुको अनुमान रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *