Loading...
संसारकै इतिहासमा सबैभन्दा बढि ढाट्ने प्रधानमन्त्री ओली, यस्ता छन् अहिलेसम्म ढाटेको लिस्ट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको प्रमाणित भएको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए ।

काठमाडौँस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको कान्तिपुर दैनिकले लेखेको छ ।
पहिला पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कर संसारकै सस्तो भनेर दावी गरेको विषय दुई दिनमै झुट सावित भएको थियो । प्रधानमन्त्री ओलीले संचारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारकै सस्तो भएको दावी गरेका थिए । तर दक्षिण एसियाकै सवैभन्दा महंगो कर नेपालमा रहेको पाइएको हो ।

जथाभावी करबृद्धि भएकोमा सरकारको आलोचना बढेपछि ओलीले संसारकै सस्तो कर नेपालको भएको भन्दै अझ कर थोपर्ने संकेत गरेका थिए । कुल ग्राहस्त उत्पादनको आधारमा लाग्ने कर नेपाल दक्षिण एसियाकै महंगो रहेको पाइएको छ । नेपालले जीडीपीको आधारमा नेपालीलाई करको भार २४ प्रतिशत पर्ने गर्दछ ।

जुन दर सात वटा मुलुकको भन्दा बढी हो । दोस्रो धेरै कर लिनेमा माल्दिभ्सले २१ प्रतिशत कर लिने गरेको छ । भने तेस्रोमा भारतले १८ प्रतिशत, चौथोमा श्रीलंका १२ प्रतिशत, पाँचौमा बंगलादेश ९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *