Loading...
सुरक्षा निकायको ध्यान चुक्दै, राजधानीको भित्तामा भेटिन थाल्यो ‘ओली चोर, देश छोड’ को नारा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीका विभिन्न ठाउँमा अपशब्द प्रयोग गरेर भित्तामा लेखिएको छ। माथिको तस्बिर थापाथलीको हो।

जहाँ टिनको पर्खालमा प्रधानमन्त्रीलाई अपशब्दमा गाली गर्दै ‘ओली चोर, देश छोड’ लेखिएको छ। यस्ता नारा पञ्चायत तथा तानाशाही राजतन्त्रात्मक कालमा बढी सुनिन्थे। तर, अहिलेको जनताको गणतान्त्रिक कालमा पनि जनताले चुनेर पठाएका प्रधानमन्त्रीविरुद्ध यस्तो अपशब्द प्रयोग भएको हो। दशकै राजधानीको सार्वजनिक ठाउँमा प्रधानमन्त्री यस्तो प्रचार भइरहँदा पनि प्रशासन तथा सुरक्षा निकायको ध्यान गएको छैन। विरोध गर्नेले लेखेपनि यसलाई हटाउने, यस्तो अवस्था आउन नदिने दायित्व राज्यको हो। तर, यसतर्फ ध्यान पुगेको छैन।

यस्तो अवस्था किन आयो?

जानकारहरुका अनुसार पछिल्लो क्रममा विवादै विवादमा फस्दै गएको ओली सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेपटि यो अवस्था सिर्जना भएको हो। विषादी परीक्षणको माग गर्दै विपक्षी तथा सत्तारुढ दल एवं आम जनता विरोधमा छन्। यहीँ विरोधको सिलसिलामा यो लेखिएको हुनसक्छ। जसले लेखेपनि जनताबाट निर्वाचित प्रधानमन्त्रीले यस्तो अवस्था आउन नदिन सचेत हुनुपर्छ।

nepalpana.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *