Loading...
भुसको आगो झैँ सल्किदै महासंगको आन्दोलन, देशनै ठप्प हुनेगरि जोडदार आन्दोलन गर्दै

काठमाडौं । संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी विज्ञापन र प्रक्रिया रद्द गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्ने भएको छ ।

आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । यस्तो छ आन्दोलन को स्वरूप:

आन्दोलनको कार्यक्रमः

१. सम्वत् २०७६ असार २८ गते : प्रचार-प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा
२. सम्वत् २०७६ असार २९ गते साँझ : मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट
३. सम्वत् २०७६ असार ३० गते साँझ : सिठ्ठी जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट
४. सम्वत् २०७६ असार ३१ गते : उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर
५. सम्वत् २०७६ साउन २ गते र १० गते : नेपाल बन्द
६. आन्दोलनका थप कार्यक्रमहरूसहित आन्दोलन जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *