Loading...
सधैं एउटै खेल, बाढीपहिरोमा दर्जनौले ज्यान गुमाउने, प्रधानमन्त्री उद्दारकालागि निर्देशन दिने

सरोज खिलाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । वर्षायाममा सधै नै नेपाल र खासगरेर २ नम्बर प्रदेश डुवानमा पर्नेगर्दछ । डुबान परेको र पर्ने गरेको यो पहिलो बर्ष हैन तर बाढि पहिरोमा परेपछि त्यति बेलाको सरकारले मातहतका सबै निकायलाई निर्देशन दिनु बाहेक अरु केहि गर्दैनन् । समस्या जस्ताको त्यस्तै हुन्छ यो बर्ष पनि नेपाल डुब्ने नै हो जनता मर्ने नै हो र प्रधानमन्त्रि ओलीले निर्देशन दिसक्नु भएकै हो ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिनुभएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *