Loading...
बच्चाप्रति सचेत ! नेपालमै बार्षिक १८०० बालबालिका हराउने गरेको केन्द्रको तथ्याङ्क

काठमाडौँ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका हराउने गरेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक रहेको छ ।

केन्द्रमा जेठ मसान्तसम्म ३२ सय ४ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिनु भएको हो ।

१ हजार ८ सय ११ को खोजी जारी छ ।

‘हराएपछि अभिभावकले आत्तिएर फोन गर्छन् । तर फेला परेपछि जानकारी दिन आवश्यक ठान्दैनन् । त्यसैले पनि फेला नपर्नेको संख्या बढी देखिएको आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *