Loading...
भोलिसम्म भारी वर्षा हुने, कोशीमा बज्यो खतराको घन्टी, उपत्यकावासीलाइ ‘अलर्ट’ रहन आग्रह

अषाढ २८, काठमाडौँ । आइतबार रातिसम्म भारी वर्षा हुने मौसमविद् समीर श्रेष्ठले बताउनु भएको छ । मौसमविद् श्रेष्ठले भन्नुभयो -” , ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यसैबीच बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले हेडक्वार्टरबाट सहयोगको लागि आएको विपद् व्यवस्थापन टोलीसँग समन्वय गरेर ठाउँ–ठाउँमा प्रहरी स्ट्यान्डबाई राखिएको बताउनु भएको छ । सप्तरी-दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *