
जनकपुरधाम, अषाढ २८ । समाजवादी पार्टी नेपालले बाढी पिडीतहरुको राहत तथा उद्धारमा जुटन आफना नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
समाजवादी पार्टी नेपाल प्रदेश नं. २का अध्यक्ष विजय कुमार यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गर्नु भएको हो ।
केही दिन देखीको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष यादवले सम्बन्धित निकायहरुलाई राहत तथा उद्धारको लागि ध्यानाकर्षण समेत गराउनु भएको छ ।
Facebook Comments