
काठमाडौं, २८ असार ।
समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार आयोजित कार्यक्रममा पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपेन्द्र खड्काको नेतृत्वमा एक दर्जन नेता कार्यकर्ताहरु समाजवादी पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा शोलुखुम्वुको लिखुपिके गाउँपालिकाका रुद्रबहादुर कार्की, उद्वव बस्नेत, परसुराम बुढाथोकी, दुर्गा केसी, अशोक बस्नेत, जितबहादुर तामाङ, दिपेन्द्र खड्गा, रमेश कार्की, रविन कार्की, मीनप्रसाद उप्रेती, रेखबहादुर खड्का, ओलक बस्नेत, नबराज बुढाथोकी र प्रविण कार्की रहेका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष परशुराम खापुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु जुद्द ढाक्रे, प्रभुराम श्रेष्ठ, पूर्णबहादुर बस्नेत र शोलुखुम्बु जिल्ला इन्चार्ज लाक्पा शेर्पाको उपस्थिति रहेको थियोे ।
सोलुखुम्वु जिल्लाका उपाध्यक्ष डबलबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन मुनिन्द्र बस्नेतले गरेका थिए ।
Facebook Comments