
हेमन्त माण्डव्य, कैलालीं– अषाढ २९
आजकाल जङ्गगलमा स्थानिय भाषामा पुट्की भनिने माटोको मुनि पाइने एक प्रकारको च्याउ पाईने समय आएको छ ।
यसलाई कालो र डल्ले च्याउ पनि भन्ने गरिएको गाउघरमा सुन्नपाइन्छ । पुट्की च्याउ खानमा एकदमै स्वादीलो र यसमा प्रोटिनको मात्र धेरै हुने भएकाले यसलाई स्वाथ्यकोलागि पनि फाईदा जनक मानिन्छ । यस कारणले पनि स्थानियहरु यो समयमा जङ्गलमा पुट्की खोज्नकोलागी निकै तछाड मछाड गरिरहेको पाइन्छ । वर्षातको सुरुवातसंगै पानी परेपछि भुइँ मुनि गोलो डल्लोको रुपमा उत्पादन हुने यो एके खान योग्य च्याउको प्रजाति हो जो कि यो विषालु हुदैन । पुट्कीको तरकारी असाध्यै स्वादिष्ट र पोषिलो मानिन्छ । पुट्कीको तरकारी स्वादिष्ट हुने गरेकाले जो कोही पनि यसको तरकारी खानका लागि ललायितहुने गरेका पाइन्छ ।
पुट्की च्याउ बर्षातको सुरुवातमा मात्रै पाइने भएकोले पुट्की खोज्न स्थानियहरु विहानै जङ्गगल जाने गरेको पाइन्छ । पुट्की जङ्गगलमा पाइने पुर्ण अग्र्या्िनक भएकाले यो महँगोमा खरिद बिक्री हुने गर्दछ । विभिन्न जंगलबाट पुट्की खोजेर ल्याउनेहरु यसलाई सुरुको समयमा ९००÷– रुपैयाँ प्रति किलोसम्म बिक्री गर्ने गरेको भजनी नगरपालीका वडा नं ३ का व्यवसायी नवराज काफ्लेले वताए ।
अहिलेको समयमा पुट्की जङ्गलबाट धेरै मात्रामा आयात भई प्रतिस्प्रधा हुने भएकाले प्रति केजी ५०० देखि ९०० रुपैयाँ सम्ममा खरिद बिक्री भइरहेको टीकापुर नगरपालीका वडा नं १ का होटेल व्यवसायी तीलक बहादुर शाहीले वताएका छन् ।
यो च्याउ कैलाली जिल्लाका विभिन्न बन जङ्गलहरुमा पाइने गरिन्छ । यसलाई स्थानिय सरकारहरुले व्यवस्थित रुपमा बजारको व्यवस्थापन गरि बिक्रि बितरण गर्न पहल गरेमा यसबाट स्थानिय सरकारको राज्सवमा बृद्धि हुने देखिन्छ । (अगुवा सन्देशबाट)
Facebook Comments