Loading...
नेकपा निकट सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी सम्बद्ध ट्रेड युनियनमा प्रवेश
काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको गरेका छन् ।
समाजवादी लोकतन्त्रिक ट्रेड युनियनका उपाध्यक्ष तथा प्रदेश नं. ३ का इन्चार्ज गणेश पुडासैनीको अध्यक्षतामा शनिबार जोरपाटीमा आयोजित प्रवेश कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस, नेकपा, राप्रपा लगायतका पुराना दलहरुले श्रमिकहरुको समस्यालाई सत्ता प्राप्तिको सिँढीमात्र बनाएको बताए । समाजवादी पार्टीले अधुरा रहेका सम्पूर्ण श्रमका समस्यालाई पुरा गर्ने उनले बताए ।
पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले मजदुरहरुले विगतमा राजनीतिक आन्दोलनमा ट्याक्टरलाई ट्याकं बनाएर राजनीतिक परिवर्तन मुख्य भूमिका रहेको बताए । मजदुरहरुको समानताको लागि आज ठूलो आन्दोलन हुनु पर्ने उनको जिकिर छ । उनले समाजवादको बारे बोल्दै भने, ‘हाम्रो समाजवाद भनेको हुने खानेको र हुँदा खाने बीचको समानता, गाउँ र सहरबीचको असमानताको अन्त्य, दलित र गैरदलित बीचको समानता हो ।’
समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका महासचिव डि.वि. सरोज राईले संचालन तथा वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले स्वागत गरेको उक्त प्रवेश कार्यक्रममा नेकपा सम्बद्ध ट्रेड युनियनका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सय जना भन्दा बढी मजदुरहरु समाजवादी सम्बद्ध ट्रेड युनियनमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *