काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको गरेका छन् । उक्त प्रवेश कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सामुहिक सौदावाजी, न्युनतम बेतन र ट्रेड युनियन अधिकारसँग सम्बन्धित आइ.एल.ओ.का विभिन्न अन्र्तराष्ट्रिय अनुबन्धहरुबारे प्रष्ट पारे । उनले अहिले विश्वमा ‘बहु युनियन एक आवाज’को रुपमा ट्रेड युनियनहरु अगाडि बढेको बताए । उनले पार्टीले अंगिकार गरेको सम्मुन्नत संघीय समाजवाद श्रमीकहरुको हीतमा रहेको बताए ।
श्रेष्ठले तत्कालिन माओवादीले जनयुद्धका मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै अब जनयुद्धका मुद्धाहरुको वैचारिक उतराधिकारी पनि समाजवादी पार्टी नै भएको बताए । प्रधानमन्त्री के.पी. ओलीको कार्यशैलीप्रति व्यंग्य गर्दै उनले भने, ‘अहिले गाउँ गाउँमा नयाँ गाउँ खाने कथा सुरु भएको छ– बोल्नमा शिरोमणी काम गर्नमा कछुवा भनेको के हो ? त्यसको जवाफमा सबैले प्रधानमन्त्री के.पी. ओली भन्ने गरेको छ ।’
कार्यक्रममा समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा ट्रेड युनियन इन्चार्ज रकम चेम्जोङ्गले संघीय समाजवादले उत्पीडित जातिको हीत रक्षा गर्नुका साथै मजदूर वर्गीय राजनीतिलाई नेपालको विशिष्ट स्थितिमा सम्मुनत रुपमा उठाउने बताए भने हिसिला यमीले समावेशी विकास र समृद्धि सहित मजदुर तथा श्रमिकको अधिकारका लागि पार्टीले सशक्त संघर्ष गर्ने बताएका थिए ।

त्यस्तै समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज ढकालले आज श्रमिकहरुको प्रवेशले आफुलाई हौसला मिलेको बताए । उनले नयाँ प्रवेश गरेको सबै साथीहरुलाई उचित जिम्मेवारी दिने बताउँदै आन्दोलनमा अब तयार रहन पनि आह्वान गरे । त्यस्तै पूर्व नयाँ शक्ति निकट ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङले नया शक्ति पार्टी र ससफो नेपाल सम्बद्ध दुई महासंघ अब केही दिनमा एकिकरण हुने बताउँदै अव श्रमिकहरुको बैकल्पीक शक्ति एकीकृत संगठनको रुपमा समाजवादी ट्रेड युनियन महासंघ बन्ने बताए ।
कार्यक्रमा पार्टीका केन्द्रीय सदस्यहरु आङदेण्डी शेर्पा, केशव दाहाल, डा. के.के. राई, निर्मला तावा लिम्बू आदिले पनि मन्तव्य राखेका थिए ।

Facebook Comments