Loading...
कांग्रेस सांसदले बाढी पिडितलाई ५ दिन र सांसद प्रदिप यादवले १ महिनाको तलब सहयोग गर्ने

काठमाडौं–समाजवादी पार्टी, नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बाढी पीडितलाई आफ्नो एकमहिनाको तलब दिने घोषणा गरेका छन् । संसदबाट पाउने एक महिनाको तलब पर्सा जिल्ला विपद व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने एक विज्ञप्ति जारी गरेर घोषणा गरेका छन् ।

गत बर्ष पनि देउवा सरकारले राहत दिने घोषणा गर्दा अध्यक्ष यादवले दर्जनौ बाढी पीडितलाई सहयोग गरि सकेका थिए । राहत तथा उद्धार कार्य मा सांसद यादव सधै अगाडी देखिन्छन । यता नेपाली काँग्रेसका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहतस्वरुप पाँच (५) दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।
सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *