Loading...
प्रदेश २ को आर्थिक विनियोजन विधेयक सर्वसम्मतिले पारित, काँग्रेसका दर्ता प्रस्ताव फिर्ता

जनकपुरधाम, अषाढ ३१ । प्रदेश नं. २को प्रदेश सभामा प्रस्तुत आर्थिक विनियोजन विधेयक २०७६÷७७ सर्वसम्मतिले पारित भएको छ ।
सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेश सभा सदस्यहरुले उठाउनु भएको सवालमा मुख्यमन्त्री लालबाबु राउत सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाव दिए पछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।
प्रस्तुत विधेयक उपर नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रह पछि उहाँहरुले आफनो प्रस्ताव फिर्ता लिनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *