Loading...
राहत तथा उद्धारकालागि प्रदेशलाई हेलिकप्टर उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

जनकपुरधाम, साउन १ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोली आज प्रदेश नं. २को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।
बाढीको अवस्था र राहत तथा उद्धार बारे टोली लाई जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १० ÷१० लाख रुपैया उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको बताउनु भयो ।
उहाँले प्रदेश नं. २ विपदको हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा हेलिकप्टर उपलब्ध गराउन संघीय सरकार संग मांग समेत गर्नु भयो ।

निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साह सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *