Loading...
बौद्ध विवादको विषयमा जिल्ला प्रशासनमा छलफल शुरुः वार्ताबाटै निकाश खोज्नुपर्नेमा जोड

वार्ताबाटै निकाश खोज्नुपर्नेमा जोड बौद्धको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रारम्भीक छलफल भएको छ । विहिवार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको रोहवरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी र आन्दोलनमा रहेको क्षेत्र विकास समिति तथा तामाङ कल्याण गुठीको वीच छलफल भएको हो । छलफलमा विवाद छानविन समितिका संयोजक भूमी सुधार मन्त्रालयका उपसचिव निरज पौडेल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक, गुठी संस्थानको प्रतिनिधि लगायको उपस्थिति रहेको थियो । वार्तामा बौद्ध मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा धर्मगुरु भूपति बज्र लामाले कानुन अनुसार निस्पक्ष छानविनको लागि आग्रह गरे । क्षेत्र विकास समितिले घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दा समस्या भएकाले कानुन अनुसार गुठीको क्षेत्रधिर सुरक्षित हुँन पर्ने धर्म गुरुको आग्रह थियो । गुठीको जग्गा अतिक्रमण रोक्न खोज्दा र अवैध पैसा उठाउन रोक लगान खोज्दा तामाङ कल्याण गुठीका केही व्यक्तिले भ्रम छर्न बौद्धमा आन्दोलन गरेको धर्म गुरुको भनाई थियो । क्षेत्र विकास समितिका अध्यक्ष चन्दमान लामाले पनि बार्ताबाटै निकास खोज्नु पर्ने धारण राखेका थिए । छलफलमा क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीका प्रतिनिधिले घ्याङगुठीका प्रतिनिधिलाई बोल्न नदिएपछि प्रमुख जिल्ला अधिकारी आचार्यले लोकतान्त्रीक मर्यादा अनुरुपको व्यहार गर्न आग्रह गर्दै वार्तामा समेत वोल्न नदिने शैल गलत भएको भन्दै क्षेत्र विकास र तमाङ कल्याण गुठीका प्रतिनिधिलाई सचेत गराएका थिए । प्रमुख जिल्ला अधिकारी आचार्यले आन्दोलित पक्षले तत्काल आन्दोलन स्थगित गरी वार्तावाटै समस्या समाधन गर्न आग्रह गरे । आन्दोलनका नाममा कानुन विपरितका अबाञ्छित गतिविधि नगर्न पनि आन्दोलित पक्षलाई प्रमुख जिल्ला अधिकारी आचार्यले सचेत गरेएका थिए । वार्ता सकरात्मक भएको र छिटै वार्ताबाटै समधान हुँनेमा आफूहरु विश्वस्त रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाकार समितिका कार्यवाहक संयोजक योगेन्द्र धिसिङले जनाकारी दिए । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध स्तुपामा घ्याङ गुठी र क्षेत्र विकास वीच कार्यक्षेत्र र तामाङ कल्यण गुठीले घ्याङगुठीको जग्गा अतिक्रणको विषयलाई लिएर विवाद हुँदा केही समयदेखि बौद्धमा प्रदर्शन भएको थियो ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *